गठन नहुँदै नयाँ शक्तिमा विवाद

काठमाडौं–३२ जेष्ठ

नयाँ शक्ति नेपालको पार्टी घोषणासँगै सोमबारबाट सुरु भएको छलफल सत्रमा विवाद भएको छ । पार्टीको सिद्धान्त तथा राजनीतिक प्रतिवेदनका विषयमा विवाद भएको हो ।

पार्टीको कार्यदिशा बाम राख्ने कि गैरबाम राखेर अघि बढ्ने भन्नेमा पनि नयाँ शक्तिका प्रतिनिधिहरुमा फरकफरक धारणा राखेका हुन् ।

विभिन्न १३ वटा समूह विभाजन गरेर सञ्चालित छलफल सत्रका सहभागिहरुबीच कम्युनिष्ट पृष्ठमूमिबाट आएका प्रतिनिधिहरुले वाम नै राखेर जानुपर्नेमा जोड दिएका छन् । तर, कम्युनिष्ट पृष्ठभूमिभन्दा बाहिर विपभन्न पेसा तथा व्यवसाय अँगालेर आएका प्रतिनिधिहरुले भने गैरवाम नाम राखेर जानुपर्नेमा जोड दिएका छन् ।

छलफल सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै संयोजक डा। बाबुराम भट्टराईले तत्कालका लागि बाम लोकतान्त्रिक चरित्रको सिद्धान्त अवलम्बन गरेर गए पनि आगमी वर्षभित्र उपयुक्त विकल्प खोजेर परिवर्तन गर्न सकिने बताएका थिए । आजको राजधानी दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया