गरिमा विकास बैंकद्धारा ‘गरिमा सजिलो अटो लोन’ सार्वजनिक

काठमाण्डौ ६ फागुन २०७७।
गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप आक्रमक बनाउँदै न्यूनतम बार्षिक ८.७५% ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’ सार्वजानिक गरेको छ । यो सुविधा अन्तर्गत बैंकले खरिद मुल्यको ८०% सम्म अधिकतम १० बर्षको लागी कर्जा प्रवाह गर्नसक्ने बैकले जनाएको छ । आफ्नो सवारी चढ्ने सपना पुरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै प्रभावकारी सावित हुने बैंकले बताएको छ ।

हाल गरिमा विकास बैंकले ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया