गायक विदुरको चुनौती ‘जति सक्छौ धेरै कमाएर हेर’

सगिता सुवेदी

बिजनेसपाटी १० पौष

‘म मरेर तिमिलाई खुशी मिल्छ भने’ बोलको गीतबाट गायन क्षेत्रमा प्रभाव बटुलेका युवा गायक विदुर घिमिरेले यस अघिको गीतबाट पनि राम्रै सफलता हात पारे । केही समय अघि मात्र सार्वजनिक भएको उनको गीत‘ रुन सजिलो कहाँ छ र ?’ ले पनि यतिवेला चर्चा बटुल्दै गरेको छ । पुरानो तर अति नै रुचाइएको आधुनिक विधामा गाउँदै आएका घिमिरेले गायनका आलवा मोडलिङ समेत गर्दै आएका छन । हालसम्म दुइ दर्जन बढी गीतमा स्वर भरेका उनले अनगिन्ती स्टेज प्रोग्राममा आफनो प्रस्तुती देखाइ सकेका छन । गायन क्षेत्रमा स्वर सम्राट नारायण गोपाललाई पछ्याउन चाहने उनको स्वर झट्ट सुन्दा पनि त्यस्तै लाग्छन ।

उनले गायका गीतहरु मध्ये ‘म मरेर तिमिलाई खुशी मिल्छ भने’मा पनि त्यही शैली झल्किएको उनका धेरै श्रोताले महसुस गरेका छन । गायनकै शिलशिलालाई निरन्तरता दिने क्रममा उनले छिट्टै ‘सम्झना गाढा छ,झस्केर मस्केर’ तथा ‘जति सक्छौ धेरै कमाएर हेर’ बोलको गीत भिडियो सहित सार्वजनिक गर्ने बिजनेसपाटी डटकमलाई बताए । उदयीमान गायक विदुर घिमीरेको आउँदै गरेको दुबै गीतको सफलताको लगि बिजनेसपाटी परिवार हार्दिक शुभकामना ब्यक्त गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया