गायक विदुर घिमिरेको पिरदेशीको पिडामा आधारित गीत

बिजनेसपाटी ४ पौष ।
दर्जनौ गीतहरु बजार ल्याइसकेका चिरपरिचित गायक विदुर घिमिरेको परदेशीको पिडामा आधारित नयाँ गीत बजारमा आउने भएको छ । खासगरी आफ्नो घरपरिवार छाडेर परदेशको विरानो ठाउँमा कर्म गरिरहेका नेपाली युवा युवतीहरुलाई लक्षित गरेर म्युजिक भिडियो ल्याउने तयारी भएको गायक घिमिरेले बताए । गीतमा परदेशीले आफनो घर सम्झदाको पल जस्ताको तस्तै उतारिएको घिमिरेले बताए । जसमा शब्द संगीत वरिष्ठ संगितकार ज्ञान बहादुर खड्काको रहेको छ । गीतमा संगीत संयोजन राजिव शाहको रहेको छ भने स्वर विदुर घिमिरेको रहेको छ । यस गीतको अन्तिम तयारी भइरहेको र छिट्टै बजारमा आउने घिमिरेले बताए । गीत फुलचोकी कलाकर्मी प्रालिले बजारमा ल्याउने तयारी गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया