गुडविल फाईनान्सको खुद मुनाफामा २२४ प्रतिशतको वृद्धि

काठमाडौँ ११ श्रावण

आर्थिक बर्ष ०७२-०७३ को चौथो त्रैमासिकमा गुडविल फाइनान्सको खुद मुनाफा २२४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो बर्षको यस अवधिमा ४ करोड ८६ लाख खुद मुनाफा गरेको फाइनान्सले यस अवधिमा १३ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको छ।

फाइनान्सले यस अवधिमा १७ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी र १३ करोड ८२ लाख रुपैयाँ संचालन मुनाफा गरेको छ। यस अवधिमा ३ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८४ करोड ९३ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ।

कर्मचारी र संचालन खर्च नियन्त्रण गर्न सफल देखिएको फाइनान्सको खराब कर्जा अनुपात वृद्धि भई २.०५ प्रतिशत पुगेको छ। यस अवधिमा फाइनान्सले १ करोड रुपैया खराब कर्जा उठाउन सफल भएको छ।

फाइनान्सको चुक्ता पूँजी ३६ करोड ३० लाख रुपैयाँ रहेको छ भने जगेडा १८ करोड ९३ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा फाइनान्सको प्रति शेयर आम्दानी ३६ रुपैयाँ, प्रति शेयर नेटवर्थ १५२, मूल्य आम्दानी अनुपात ९ं२२ र पूँजी कोष अनुपात १५.५१ रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया