गैससले चीन विरोधी गतिविधि गरेको चीनको आशंका

काठमाडौं–२८ जेस्ठ 

विनाशकारी भूकम्पपछिको पुनर्निर्माणका क्रियाशील एनजीओ र अनाईएनजीओको गतिविधिप्रति चीनले आशंका व्यक्त गरेको छ ।

चीनले एनजीओ र आईएनजीओले चीन बिरोधी गतिवधि गरिरहेको आशंका व्यक्त गरेको हो । नेपाल भ्रमणमा रहेका चीनका सेन्ट्रल मिलिटरी कमिसनका उपप्रमुख एडमरल सुन जियाङ्गुओले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँगको भेटमा यस्तो आशंका व्यक्त गरेका हुन् ।

जंगी अड्डामा प्रधानसेनापतिसँग भएको भेटमा उनले भने,’पुनर्निर्माणमा आएका एनजिओ र आईएनजीओले कतै चीन विरोधी गतिविधि त गरिरहेका छैनन् ?’

उनले तिव्वतको सुरक्षाप्रति चासो राख्दै तिव्वतसँग जोडिएका जिल्लामा सक्रिय रहेका गैरसरकारी संस्थाको भूमिकाप्रति प्रश्न उठाएको स्रोतले बताएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया