ग्याष्ट्रिकबाट हैरान हुनुहुन्छ ? पढनुस् १५ घरेलु उपाय

बिजनेसपाटी २० कार्तिक

लामो समयसम्म भोकै रहँदा, धेरै वा धेरै फ्राइ गरिएको खाना, चिल्लो र पिरो खानाजस्ता विविध कारणले ग्याष्ट्रिकको समस्या देखा पर्छ । ग्याष्ट्रिकबाट तुरुन्त छुटकारा पाउने उपायहरु हाम्रो घरमै उपलब्ध हुन्छन् ।
नेशनल इन्स्च्यिुट अफ आयुर्वेद जयपुरका एक्पर्ट डा. गोविन्द पारिकले ग्याष्ट्रिकबाट क्षणभरमै छुटकारा पाउने केही उपायहरु  यसरी बताएका छन् ः

१) अदुवा
अदुवाको एक टुक्रालाई घ्युमा पकाउनुहोस् । त्यसका कालो नुन राखेर खानुहोस् । अदुवाको चिया पिउनाले पनि फाइदा मिल्नेछ ।

२) पाइनापल
पाकेको पाइनापल वा यसको जुस पिउनुहोस् । यसको एल्कलाइन प्रोपर्टी ग्याष्ट्रिकबाट तुरुन्त छुटकारा दिन्छ ।

३) जीरा
चिसो पानीमा एक चम्चा भुटेको जीराको पाउडर घोलेर पिउनुहोस । यसबाट डाइजेशन सिष्टम सुध्रिनेछ भने ग्याष्ट्रिक हट्नेछ ।

४) आलु
एक काचो आलुलाई छिल्नुहोस् र आधा गिलास पानी राखेर पिस्नुहोस् । यसबाट पानी छान्नुहोस् र त्यसमा थोरै तातो पानी मिलाएर पिउनुहोस । यसले ग्याष्ट्रिकको समस्याबाट मुक्त गर्नेछ ।


५) पुदिना

एक गिलास पानीमा आधा चम्चा पुदिनाको रस हालेर पिउनुहोस् । अर्कोतर्फ पुदिनाको चिया पनि पिउन सक्नुहुन्छ । यसले ग्याष्ट्रिकको समस्याब हटाउनेछ ।


६) काली मर्चा

एक चम्चा महमा आधा चम्चा काली मर्चाको पाउडर मिलाएर खानुहोस् । यसको आधा घण्टापछि मात्र पानी पिउनुहोस् । यसबाट पनि ग्याष्ट्रिकको समस्या टाढा हुनेछ ।

७) बेसार
आधा चम्चा बेसारको पाउडर खाएर पानी पिउनुहोस् । त्यसपछि केरा वा दही खानुहोस् । बेसारको एन्टी इन्फलीमेशन र एन्टी फन्गल प्रोपर्टीका कारण पेटको समस्या हट्छ ।

८) नरिवलको पानी
नरिवलको पानीले पनि पाचन प्रक्रिया सुधार्छ र पेटमा रहेको ग्याष्ट्रिकको समस्या हटाउँछ । ग्याष्ट्रिक भएमा नरिवलको पानी पिउनुहोस्, तुरुन्त यसको फाइदा मिल्नेछ ।

९) ल्वाङ
एक गिलास पानीमा ५—६ ल्वाङ हालेर राम्रोसँग उमाल्नुहोस् । यसको पानी छान्नुहोस् र एक चम्चा मह मिलाएर पिउनुहोस् । ग्याष्ट्रिको समस्या चट हुनेछ ।

१०) मेवा
ग्याष्ट्रिक भएमा कालो नुन हालेर मेवा खानुहोस् । मेवामा रहेको पेपिन र बीटा कैरोटिनले पेटको समस्याबाट राहत दिन्छ ।

११) मेथीका दाना
एक गिलास पानीमा एक चम्चा मेथीको दाना हालेर उमाल्नुहोस् । पानी आधा भएमा छानेर पिउनुहोस । ग्याष्ट्रिकबाट तुरुन्त छुटकारा मिल्नेछ ।

१२) सफ र कालो नुन
एक चम्चा सफ र कालो नुन खानुहोस र सँगै एक गिलास मनतातो पानी पिउनुहोस् । ग्याष्ट्रिकको समस्याबाट राहत मिल्नेछ ।

१३) अदुवा
एक कप तातो पानीमा आधा चम्चा अदुवाको पाउडर र थोरै हिंग र कालो नुन मिलाएर पिउनुहोस् । ग्याष्ट्रिकबाट छुटकारा पाउनुहुनेछ ।

१४) अजवाइन र कागतीको रस
एक गिलास पानीमा एक चम्चा अजवाइन हालेर उमाल्नुहोस् । यसलाई छान्नुहोस् र फेरि कागतीको रस, थोरै पुदिनाको रस, २ चम्मा मिश्री, थोरै कालो नुन र थोरै भुटेको जीरा हालेर पिउनुहोस् । यसले पनि ग्याष्ट्रिकबाट टाढा गर्छ ।


१५) एप्पल साइडर

एक गिलास मनतातो पानीमा एक कप एप्पल साइडर विनेगर मिलाएर पिउँदा पनि ग्याष्ट्रिक समस्या कम हुन्छ ।

दैनिक भाष्करबाट भावनुदित

 

फेसबुकबाट तपाईको प्रतिक्रिया