चन्द्रागिरीमा २३ गते निः शूल्क कन्सर्ट

बिजनेसपाटी २० चैत्र  ।

रामनवमीको अवसरमा चन्द्रागिरि हिल्सले २३ गते निः शूल्क कन्सर्ट गर्ने भएको छ । शिव परियारको प्रस्तुति रहने राम लिलाशो, स्ट्याण्डअप कमेडी सहितको उक्त कार्यक्रमको समायोजन तथा व्यवस्थापन दिनेश डीसी प्रोडक्सनले गर्ने भएको छ ।

चन्द्रागिरिमा चन्द्रागिरि हिल्स कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेको छ । भ्यूटावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

आयोजकले चन्द्रागिरि केबलकारको भ्रमणमा जाने सबैलाई उक्त कन्सर्टमा निःशूल्क सहभागिताको सुविधा प्रदान गर्ने जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया