चीनमा माछा मार्ने प्रतियोगिता : २१ देशका ९०० बढी प्रतिस्पर्धी

काठमाडौं  ०१ असोज २०८०।

दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तस्थित नान्चोङ सहरको नान्बु काउन्टीमा माछा मार्ने अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु भएको छ । आइतबारदेखि सुरु प्रतियोगिताको यो १२औँ संस्करण हो ।

शेङझोङ तालमा जारी प्रतियोगिता चार दिनसम्म चल्नेछ । प्रतियोगितामा २१ देशका ९०० भन्दा बढी प्रतिस्पर्धीले सहभागिता जनाउनेछन् ।

चीनको हुनान प्रान्तका सहभागी मि पेङले माछा मार्नु रमाइलो हुने बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

फेसबुकबाट तपाईको प्रतिक्रिया