चीनमा राजनीतिक भेटघाट नगरी उपप्रधानमन्त्री महरा स्वदेश फिर्ता

काठमाडौं २७ भदौ

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा ‘तेस्रो चाइना-तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी’ मा भाग लिई आइतबार स्वदेश फर्किएका छन्।  तिब्बतको ल्हासामा ६ दिनसम्म चल्ने उक्त प्रदर्शनीको उद्घाटनका लागि उनी शनिबार चीन गएका थिए। अर्थमन्त्री महराका प्रेस सल्लाहकार त्रिभुवन पौडेलका अनुसार चीन बसाइँका क्रममा उपप्रधानमन्त्री महराले कुनै पनि राजनीतिक भेटघाट गरेनन्। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया