चुनावबारे के भन्छन् यी ८ कलाकार

काठमाडौँ २७ कार्तिक

नयाँ पुस्ताका अधिकांश कलाकारका निम्ति चुनाव नजाने गाउँको बाटै नसोध्नु सरह भएको छ । उनीहरुलाई राजनीतिप्रति सामान्य चासो पनि छैन ।

धेरै कलाकारले अहिलेसम्म भोट हालेका छैनन् । धेरैको मतदाता नामावलीमा नाम पनि छैन । आजको अन्नपूर्ण पोस्टमा यो खबर छ ।

अनुपविक्रम शाही
‘खै चुनाव भनेको त सुनेको हो । कस्तो चुनाव ? त्यो चाहिँ थाहा छैन । मैले आजसम्म भोट हालेको छैन ।’

बेनिशा हमाल
अभिनेत्री बेनिशा हमालले निर्णय गरिसकेकी छिन् यसपालि चुनावमा भोट नहाल्ने । उनको गृह जिल्ला चितवन हो । उनी भन्छिन्, ‘मलाई आफ्नो ठाउँबाट को उठदैछ भन्ने पनि थाहा छैन । चुनाव नेतालाई मात्र लाग्ने हो, हामी कलाकारलाई त फिल्म लाग्छ ।’

पुष्कल खड्का 
‘चुनाव आयो रे भन्छन् । के आयो, के आयो जस्तो लाग्छ । देशमा यतिका चुनाव भए, जनताले सुख पाए त ? विकास भयो त ? त्यसैले मलाई त चुनाव नौटंकी लाग्छ ।’

सलिनमान बानियाँ
‘म पोलिटिक्समा खासै चासो राख्दिन । कहाँ के भइरहेको छ, मलाइ केही थाहा छैन ।’

बर्षा शिवाकोटी
‘सुटिङका लागि मंसीरदेखि माघसम्म उपत्यकाबाहिर हुन्छु । भोट हालेर पनि के नै हुन्छ र ? सबैजना भाषण्मा तात्तिन्छन् । काम गर्नुपर्यो भने पुरै सेलाउँछन् । के भोट हाल्नु ?’

दीपिका प्रसाईं
ऐश्वर्यकी नायिका दीपिका पनि चुनावबारे बेखबर छिन् । उनी भन्छिन् ‘मलाई राजनीतिको क, ख ग पनि आउँदैन ।’

मेनुका प्रधान 
‘चुनाव हुँदैछ भन्ने सुनेकी छु । तर कस्तो चुनाव केही थाहा छैन ।’

केकी अधिकारी
‘राजनीतिबारे खासै अभिरुचि नराखे पनि भोट हाल्नु नागरिकको दायित्व हो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया