छैठौं बार्षिक साधारणसभाको अवसरमा वीणा बचतले तीज विशेष कार्यक्रम गर्ने

विजनेसपाटी १४ भदौ
वीणा बचत तथा ऋण सहकारी संस्थाले आफनो छैठौ बार्षिक साधारणसभाको उपलक्ष्यमा १७ गते तीज विशेष कार्यक्रम गर्ने भएको छ । शान्तिनगर स्थीत कार्यालय रहेको सहकारीले विगत बर्षहरु झै यस बर्ष पनि तीजको दिनलाई अवसर पारेर बार्षिक कार्यक्रम गर्न लागेको हो । महिला अध्यक्ष जमुना निरौलाको नेतृत्वमा सञ्चालित वीणा बचतमा महिला तथा बृद्धबृद्धा सदस्यहरुको बाहुल्य रहेको छ । कार्यक्रमा महिलाहरुलाई मायाको चिनो प्रदान गरिने र दर समेत खाने व्यवस्था मिलाइएको संस्थाका प्रबन्धक सुरज प्रधानले बताए । तीज विशेष कार्यक्रम उँकारेश्वर स्थीत उँ शान्ति पार्टि प्यालेसमा हुने समेत प्रधानले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया