जन्मभूमिको सम्झना गर्दै गायक बराइली भकानीएपछि…(हेर्नुस भिडियो )

अशोक केसी, 

काठमाडौँ १४ कार्तिक

पछिल्लो समय चर्चामा रहेका लोकसांस्कृतिक गायक सुजन बराइलीको ‘सम्झनामा जन्मभूमि’ बोलको गीत पनि उस्तै चर्चामा रहन सफल भएको छ ।

एक महिनाअघि मात्र युट्युबमार्फत सार्वजनिक गरिएको यस गीतलाई ७६ हजार भन्दा बढी दर्शक–श्रोताले हेरिदिएर माया गरेका छन् । पर्वतको मल्लाज माझफाँट– ८ मा जन्मेका लोकदोहोरी गायक सुजन बराइली बालापनदेखि नै नेपाली गीत–संगीतलाई अति माया गर्थे । गीत–संगीतकै मोहका कारण ०६१ मा बराइली सफल कलाकार बन्ने सपना बोकेर काठमाडौं छिरे ।

यतिबेला उनी निरन्तर साङ्गीतिक क्षेत्रमा पकड जमाउँदै छन् । ‘झझल्को आइरहन्छ’ ‘बोलाइपासो भो’,‘अन्त नजर लाउन छोड्नेछु’, ‘म्याग्देली ठिटो, ‘तिम्ले मेरो कुभलो चाहे नि मत तिम्रै भलो चाहन्छु, ‘रमाइलो गर्ने यही बोली–हाँसो हो’ लगायत दर्जनभन्दा धेरै लोकदोहोरी गीतहरुमा उनले स्वर भरिसकेका छन् ।

उनले देश–विदेशका सांस्कृतिक कार्यक्रमहरुमा गएर दर्सकहरुलाई नचाएका पनि छन् । एक महिनाअघि मात्र थाइल्यान्डमा स्टेज प्रोग्राम सकेर आएका बराइली लोकदोहोरीबिना त बाँच्न पनि गाह्रो हुनथालेको बताउँछन् ।

‘सङ्गीतबिनाको जीवन असाध्यै गाह्रो छ’ उनी भन्छन् । सबैजसो लोकसंस्कृति झल्कने गीत गाउँदै आएका बराइलीले निकै संघर्षपश्चात संगीतको बजारमा आफ्नै जन्मभूमि पर्वत मल्लाजमा ‘सम्झना जन्मभूमिको’ र ‘पञ्चेबाजाको’ गीत छायांकन गरेर काठमाडौं फर्केर भर्खरै मात्र जन्मभूमिको नामबाट खोलिएको म्युजिक कम्पनी ‘मल्लाजी म्युजिक प्रा.लि.’ द्वारा सालैजो गीत बजारमा ल्याएका छन् ।

उनको सो गीत असोज एक गतेदेखि विभिन्न टेलिभिजनहरुबाट प्रसारण भैरहेका छन् । जुन गीत अति नै मार्मिक, हृदयस्पर्सी सम्पूर्ण धौलागिरीलाई नै समेटिएको र जहाँ गए पनि जन्मभूमिको सम्झना आइरहनेखाले भएकाले सह्रै मिठा छन् ।

हामी नेपालीहरु परिस्थितिले विदेशिए पनि यो मनमुटु त जन्मठाउँमै रहन्छ, झल्को त सधैं गाउँघरको नै आउँछ जस्ता शब्दहरुले सिँगारिएका छन् । १३–१४ वर्षसम्मको साङ्गीतिक यात्राका दौरान अनेकानेक दुःख–सुखलाई छिचोल्दै सफलताको मोडसम्म आइपुगेका बराइली आफैंमा सामाजिक परिचालक पनि हुन् । अनाथ, असहाय, दलित, गरिब बालबालिकाहरुलाई केन्द्रित गरेर सहयोगी संस्था, नेपाल असहाय बालबालिका उत्थान समाज स्थापना गरी हाल ११ जना बालबालिकाहरुलाई शिक्षादीक्षा र पालनपोषण गर्दै आएका छन् । जहाँ उनकै  पत्नी अनिता बराइलीले साथ दिँदै आएकी छन् ।

बाँचुञ्जेल साङ्गीतिक क्षेत्रलाई माया गर्ने र सामाजिक सेवालाई द्रुत गतिमा अघि बढाउने उनी बताउँछन् । विवाहबन्धनसम्बन्धी पञ्चे बाजाको गीत मंसिर १ देखि  बजारमा आउने जानकारी गराउँछन् सुजन । जन्मस्थानकै नाममा म्युनिक कम्पनी खोल्नुको कारण खोतल्दै बराइली भन्छन्– ‘विशेषतः जन्मभूमि ठूलो हो, जहाँ रहे पनि जन्म दिने बाबुआमा र जन्मठाउँलाई कहिल्यै बिर्सनु हुँदैन त्यसैले मैले नाम यस्तो जुराएको हुँ ।’ यसलाई देश तथा विदेशमा रहेका सम्पूर्ण  बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरुले माया गरिदिनु हुनेछ भन्ने उनको अनुरोध छ ।

उनलाई यो क्षेत्रमा यहाँसम्म आइपुग्न दाजु कमल बराइली, चन्द्रप्रकाश बराइली, सिजन केसी ‘घतानी’ र श्रीमती अनिता बराइलीले अमूल्य सहयोग पुर्याएको उल्लेख गर्दै उनले सबैप्रति आभार प्रकट गरेका छन् ।

भिडियो– ‘सम्झनामा जन्मभूमिको…’

फेसबुकबाट तपाईको प्रतिक्रिया