जम्मू-कास्मिरमा भिषण गोलाबारी, ८ भारतीयको मृत्यु २२ भन्दा बादी घाइते

काठमाडौं १७ कात्तिक, ।

जम्मू कास्मिरमा पाकिस्तान तर्फबाट अन्तराष्ट्रिय सीमामा भइरहेको गोलाबारीमा आठ जनाको मृत्यु भएको छ भने २२ भन्दा बढी घाइते भएका छन्

समाचार संस्था पीटीआईले जनाए अनुसार साबामा रमगढ सेक्टरमा भएको गोलाबारीमा ५  जनाको मृत्यु भएको छ । घटनामा  नौ घाइते भएका छन् ।  यसै क्षेत्रमा गोलाबारीका कारण एक व्यक्तिको आत्तिएका कारण मृत्यु भएको छ ।

पुछ जिल्लको नौशेरा सेक्टरमा पनि बमले दुई महिलाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते छन् ।  प्रहरीका अनुसार पाकिस्तान तर्फबाट लगातार गोलाबारी जारी छ । अहिलेसम्म सीमामा भएको गोलाबारीमा १८ जनाको मृत्यु भएको छ । जसमध्ये १२ आम नागरिक रहेका छन् । यी घटनाहरुमा ८० भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया