जर्मनी ओलम्पिक फुटबलको फाइनलमा

भदौ १,(एजेन्सी)

जर्मनी ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ अन्तर्गत महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको सेमिफाइनलमा क्यानडालाई २-० ले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो। जर्मनीको जितमा मेलानिए बेहरिनगर र सारा डाब्रिट्जले गोल गरेका थिए। अब जर्मनीले स्वर्ण पदकका लागि शुक्रबार राति स्वीडेनसँग खेल्नेछ। स्वीडेन बुधबार बिहान भएको खेलमा आयोजक ब्राजिललाई टाइब्रे पन्छाउँदै फाइनल भिडन्त पक्का गरेको हो। कास्य पदकका लागि शुक्रबार रातिनै आयोजक ब्राजिल र क्यानडा खेल्ने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया