जिल्लामा २१ वटा सडक निर्माणका लागि दुई करोड ५७ लाख रकम विनियोजन

काठमाडौँ ४ पौष

डडेलधुरा- डडेलधुराको आर्थिक केन्द्र र आन्तरिक सञ्जालमा दुई जिल्ला जोड्नका लागि विभिन्न ग्रामीण क्षेत्र तथा गाविसमा सडक निर्माण भइरहेका छन् ।डडेल्धुरा जिल्लालाई आर्थिक केन्द्र र दुई जिल्ला जोड्नका लागि जिल्लाको विभिन्न क्षेत्रमा २१ वटा सडकको योजना निर्माण तथा कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला विकास समितिका कार्यक्रम तथा सूचना अधिकृत कृष्णदेव जोशीले जानकारी गराए।जिल्लाको विकासका कामलाई गति दिन र स्थानीय उत्पादनलाई बजारको पहँुचसम्म पु¥याउनका निमित्त स्थानीयस्तरमा सडक निर्माण गरी आर्थिक केन्द्र र दुई जिल्ला जोड्ने सडक निर्माण गरिन लागेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ ।

निर्माण गर्ने तयारीमा जिल्लाका विभिन्न भागमा र अति दुर्गम गाउँ बस्तीमा सडक पु¥याइ सर्वसाधारणलाई विभिन्न कुरामा पहुँच बढाउन प्रयत्न गरिने जिल्ला विकास समितिका लेखा अधिकृत नवल मल्लको भनाइ रहेको छ । जिल्लामा निर्माण भइरहेका २१ वटा सडक सञ्जालका लागि करिब दुई करोड ५७ लाख रकम बराबरको बजेट विनियोजन भएको लेखा अधिकृत मल्लले जानकारी गराए।

जसअनुरुप निर्माण हुने सडकमा आइत–चिरकिट्टे–निगलगाड–आचलसैन–कटाल–जोगबुढा सडक, अनारखोली– देवल सडक ,परशुराम–सादनी– मलास–चुनेपानी–कन्चनपुर सडक, रडुवा बेलपानी फिन्देउ सडक, रडुवा कैलपालमाडौँ बडाल सडक, चिपुर धारी भुल्कुडा दानखोला बैतडी सडक, मदन आश्रित स्मृति भवन मार्ग सडक, जोगवुढा रुपाल भागेश्वर हँुदै मेलौली सडक, समैजीको मुद्राड हँुदै अजयमेरु भद्रपुर चिपुर कृषि सडक, शीर्ष कालाढुगी परिगाउँ सडक, पोखरा बेलापुर ढुङ्गाड सडक, सिद्धनाथ सहरगौडा सादंनी सडक, पोखरा ऐरी गाउँ सल्लागाउँ, शैलेश्वरी मद्धिर सडक, विप्पेकटाल हतास भमाचोड सडक बेलापुर ढुगांड सडक, चिपुर पसेला सडक, शीर्ष रुपाल सडक, अनारखोली देवल कैलपाल सडक, जालटुडा ग्वान्नी सिराड वन्डले सडक गणेशपुरदेखि गन्याप पर्यटक सडक, डडिया जर्मना सडक र भातकांडा फलटाडी बडाल सडक निर्माण गरिने जिल्ला प्राविधिक कार्यालय डडेल्धुराका सहायक सव इन्जिनियर टेकबहादुर भण्डारीले जानकारी गराए । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया