ज्योति विकास बैंकको एघारौंं वार्षिक साधारणसभा सम्पन्न

बिजनेसपाटी ३० अशोज

ज्योति विकास बैंकले आइतबार नक्साल ब्याङ्केट, नक्साल, काठमाण्डौमा एघारौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले सभाको अध्यक्षता ग्रहण गर्नु भई संचालक समितिको तर्फबाट सभासमक्ष प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ज्योति विकास बैंकका शेयरधनीहरुलाई चुक्ता पूँजीकोे ८.४०५ का दरले हुुने रु.२१,८०,६२ ,७५३÷– (अक्षरुपी एक्काइस करोड असी लाख बैसठ्ठी हजार सात सय त्रिपन्न रुपैंया मात्र) नगद लाभांश वितरण गर्न स्वीकृत गरेको छ । प्रस्तुत भएको प्रतिवेदन उपर विभिन्न शेयरधनीहरुले टिप्पणी गर्नु भएकोमा अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले उत्तर दिनु भए पश्चात सभाबाट प्रतिवेदन पारीत भएको थियो ।

एघारौं वार्षिक साधारणसभाबाट ज्योति विकास बैंक लि.ले नुवाकोट जिल्लाको विदुर नगरपालिकाकमा केन्द्रिय कार्यालय रहेको एक जिल्ला कार्य क्षेत्र भएको हाम्रो विकास बैैंकलाई प्राप्ति (एक्विजिशन) गर्न स्वीकृत प्रदान गरेको छ । साथै प्राप्ति पश्चात यस विकास बैंकको चुक्ता पूँजी रु. ३ अरब १० करोड पुग्नेछ ।

बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि बजारमा स्थापना गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, स्मार्ट मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवा, आस्वा सेवाका साथै आइपिएस सेवा समेत उपलब्ध गराएको छ । हाल बैंकले आफ्ना ७२ वटा शाखाहरु एवं २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । चालु आ.व.मा बैंकले करिब १ लाख ५० हजार खाताबाट १९ अर्व ५४ करोड निक्षेप संकलन गर्न र १० हजार भन्दा बढि ऋणी मार्फत १६ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया