टाङटाङ टुङटुङ भाङभाङ भुङभुङ – युगकवि सिद्धिचरण श्रेष्ठ

स्वयम्भू शाक्य

यो देशमा के भैरहेको छ ? जहाँ जुनसुकै ठाउँको पनि चालामाला बिग्रेर टाङटाङ टुङटुङ भाङभाङ भुङभुङ भएर देश चलिरहेको छ । जसले जे गरे पनि हुने । लुकेको मान्छेले देश चलाउन खोज्ने, शक्ति र पैसाको आडमा कसैको स्वार्थ पुरा गरिदिनु पर्ने, खाडल्लै खाडलमा जनताहरू हिड्नु पर्ने यो कस्तो जरजर अवस्था हो ? यो कस्तो नेताहरूको चाला हो ? आँखालाई छोप्न खोज्ने, मुखलाई टाल्न खोज्ने, हातहरूलाई बाँड्न खोज्ने, खुट्टाहरूलाई नेल लगाउन खोज्ने यो कस्तो समय हो ? यो कस्तो जञ्जाल हो ? थाहा छैन, के हुन लागिरहेको छ ? त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो देश रोइरहेकोले होला मन छिया छिया भएर टाङटाङ टुङटुङ भाङभाङ भुङभुङ कविता मार्पmत आफ्नो मनका व्यथाहरू पोख्दैछन् ।
आज, हिजोभन्दा पनि धेरै राम्रो हुनु पर्ने हो । तर हिजो जस्तो आज छैन । भोलि के हुने हो ? हामीलाई थाहा छैन । हिजो त चन्दागिरिको बाटो हुँदै चार भञ्याङ्ग काटेर ठेकीभेटी बुझाउने ढाकेहरू डोकोमा सामानहरू बोकेर जसले जे भन्छ त्यस्तै गरी ज्याला मजदूरी गर्दैछन् । पसिनामा रमाउने हाम्रा ढाकेहरूले मान्छेहरूका आवश्यकताहरूलाई पु¥याउँदैछन् । बाटो घाटो विनाको त्यो चन्दागिरि डाँडाको भिरपाखामा हिँडेर आफ्नो गुजारा चलाई रहेका छन् । त्यसैले हिजो यो शहरमा न कोलाहल छ, न धूँवा र धूलो छ । केवल दुःख छ त कामकै मात्र दुःख छ ।
मान्छे स्वभावले नै शान्तिप्रिय प्राणी हो । ऊ अशान्ति होइन, हिँसा भन्दा धेरै टाढा छ । तर मानव समाजमा रहे भएका स्वार्थीका कारण थुप्रै कलहको जन्म नभएको होइन । त्यसैले आगोको सानो झिल्कोले खरानी बने जस्तै स्वार्थै स्वार्थको यो संसारमा थुपै्र युद्धहरूले नरसम्भार गरिसकेका छन् । तसर्थ दोस्रो विश्वयुद्धको विश्राम पछि संयुक्त राष्ट्र संघको जन्म शान्तिका लागि भएको हो । एक आपसमा भाइचाराका लागि जन्मिएको हो । मेलमिलापमा बाँच्नु पर्छ भन्ने मूल अभिप्राय हो । त्यसैले यो संसारमा कोही भोका नाङ्गा नहोस् भन्नाका खातीर आज यू.एन.ओ.मा छिन छिनमा बहस चल्दैछन् । आ–आफ्नो देश बिकास गर्नका लागि सबैले आफ्नो पहल गर्दैछन् ।
मेरो देश गौतम बुद्ध जन्मेको देश हो । सगरमाथा हाँसेको पावन भूमि हो । सभ्यतै सभ्यता बोकेको शहर हो । साँस्कृतिक भेषभूसामा बाँचेको इतिहास हो । त्यसैले आज यो हाम्रो पाटन शहरमा दिनभर टाङटाङ गर्दै कर्णप्रिय गीतहरू शहरले गाउँदै छन् । भाँडाकुँडा बनाउन ज्याबलहरूको सुमधुर संगीत हामीहरूलाई सुनाउँदैछन् । लयबद्ध रूपमा दुन्दुभी बनाए जस्तै दिनभरि श्रमको खेती गर्दैछन् । आफ्नै इतिहास बोकेको पाटन शहरमा आज असार पन्ध्र लागेर होला भोलिका लागि भाग्यरेखा कोर्देछन् ।
भरीभराउ भएको भारी बोक्दा बोक्दै थकाई लागेपछि जब साङ्गाभञ्याङ पुग्छ तब मात्र ढाकेहरूले भारी खोल्ने गरिन्छ । किनकि यो त आराम गर्ने समय हो । दिनभरि हिँडिएर थकाई मार्ने ठाउँ हो । त्यसैले यौटा भरिया जसले आफ्नो पसिना पुछ्नका लागि साङ्गाभञ्ज्याङ पर्खिने गरिन्छ । धन्य छ उसको जीवन जसले अरुको आवश्यकतालाई सहयोग गर्दैछन् ।

आखीर गरिब न हो, गरिबको खान्की भटमास, मकै र गुन्द्रुकको सित्तन बाहेक अरु के हुन सक्छ र ? यो नै स्वादिष्त छ । मीठो छ । आरामले निन्द्रा लाग्छ । न लोभ छ न पाप छ । झरनाको पानी जस्तो कञ्चन भएर बग्न खोज्छ । यता र उता जहाँ ओरालो छ त्यतैतिर पानी बगेर यो जीवन पनि बग्दा बग्दै पानी जस्तै सुकेर जाने छ । यो लोक र परलोककोबीच बाटोमा मान्छेहरू एकदिन चित्तामा बसेर दन्दनी बल्नेछ । किनकि यो लोकमा भौतिक तत्वको आवश्यकता छ । परन्तु परलोकमा आत्मिय तत्वको आवश्यकता छ । त्यसैले जो जहाँ जसरी बस्ने गरिन्छ त्यसरी नै नदीले वारी र पारीको सीमाना छुट्याउने छ । हामीलाई थाहा छ, रेलले यात्रीहरू बोकेर गन्तब्य स्थान पु¥याउने गरिन्छ । जहाँ पु¥याउनु पर्ने हो त्यहीसम्म मात्र पु¥याउने हो । त्यो भन्दा पर आपूmले खोजेको ठाउँमा रेल कहिल्यै हिँडन सक्दैन । किनकि उसको पनि आफ्नो कथा छ । जुन कथा जहाँबाट शुरु गरे पनि आखीर समाप्ति गन्तब्यमा गएर टुंगिने छ । त्यस्तै बुढो बैलले गाढामा जेसुकै राखे पनि आफ्नो शक्तिले खिचेर जहाँ रोक्नु पर्ने हो त्यही रोकेर आराम गर्न खोज्दछन् ।
हो पानी माटोमा लुक्न सक्छन् । घामले माटोलाई सुकाउन खोज्छन् । यही त पानीको जीवन हो । यही जीवनसँगै आज धर्तीमा छ त भोलि नभमा गएर बस्ने गरिन्छ ।
चन्दागिरिमा ढाके हिँडछन्
यू.एन.ओ.मा बहस छ छिनछिन्
पाटन गाउँछ दिनभर टाङटाङ
भरी खोज्दछ साङ्ग भञ्ज्याङ ।
भटमास मकै गुन्दु्रक सित्तन
जल्छ चित्तामा हरहर मृतजन
बोकी यात्री हिँडदछ रेल
गढा तान्दछ बूढो बैल ।
यो संसारमा मान्छे भएर बाँचे पछि आपूmलाई जुन कुराको आवश्यकता छ त्यही कुराको मात्र प्रयोग गर्नुपर्छ । अनावश्यक रूपमा आवश्यकता भन्दा धेरै कुराको संचयले राम्रो परिणाम आउन सक्दैन । जो धेरै चाहन्छ उसको एक दिन अवश्य पनि विनाश हुनेछ । त्यसैले धेरै आपैmमा राम्रो होइन् । हामीले त बाँच्नका लागि जुन कुराको आवश्यकता छ त्यही कुराको मात्र उपभोग गरी उपभोग पश्चात त्यसलाई त्याग्न सक्नु पर्छ । यो कुरो सत्य हो । अशुद्ध मन र वचनलाई चित्त स्वभाबले बदल्न सकिन्छ । बोधिचित्त र मैत्री करुणाले कमलको पूmल जस्तै फुलाउन सकिन्छ । जति गहिरो र विशाल भए पनि दिव्यदृष्टिले थाहा पाउन सकिन्छ । बोधिमार्गले आत्मा शुद्ध र रोशनी पाउन सकिन्छ । त्यसैले महायानी लामाहरू भन्दैछन् “ऊँमणिपद्मेहूँ” । वास्तबमा यो सात अक्षरको अर्थ अति गहिरो र विशाल छ । जहाँ सतचित्त र आनन्द छ । अमूल्य रत्नहरूको आभूषण छ । चेतनै चेतनाको ज्योति छ । कायवाक् चित्त छ । त्यसैले ज्ञान प्राप्तिका लागि प्रेम र करुणाको आवश्यकता हुँदो रहेछ । रोगव्यापी अशुभ नानाभाती समस्याहरूको समाधान गर्नका लागि यो महासूत्र महावाक्य बनेर उपकारको काम गर्छ । यो लोकमा सबै प्राणीको कल्याण होस् भन्नाका खातीर “ऊँमणिपद्मेहूँ” भनी यौटा आत्माले अर्को आत्मालाई पुकार्न खोज्छ ।
मान्छे रोगी हुनु नै शरीर मक्किएर जानु हो । जसरी सूर्य पूर्वबाट उडाएर पश्चिममा अस्ताउँछ खोज्छ त्यस्तै मान्छेको शरीर पनि एकदिन थला परेर सदाका लागि सेलाएर जानेछ । किन्तु यौटा आउँछ अर्को जानुमा हामीले आश्चर्य मान्नु पर्दैन । किनकि यो त संसारको नियम हो । यो नियमभित्र हामीले चाहेर वा नचाहेर पनि बाँच्नु पर्छ । समयले सबै कुराहरूलाई परिवर्तन गरे जस्तै यौटा मान्छे जीर्ण शरीर बोकेर खोक्दा खोक्दै एक दिन सदाका निम्ति यो संसारबाट छोडेर जाने छ ।
भनिन्छ, साहू र आसामीको व्यवहार कुकुर र बिरालो जस्तो हुँदो रहेछ । पैंचो मागेपछि समयमा नतिर्ने हो भने साहूबाट सधै छलेर हिड्नु पर्ने दिन आउने छ । त्यसैले पैंचो आपैmमा पासो हो । यो पासोबाट बच्न व्यवहारमा परिवर्तन गर्न सक्नु पर्दछ । कुरो सत्य हो, युवकहरूले युवतीहरूलाई हेर्नु स्वभाविक हो । जसरी बालकहरू ज्ञानको ज्योति पाउनका लागि बालक बबुरो कविता घोकेर कण्ठ पार्ने कोशिस गरिन्छ । आगोलाई पावक भनेर आ–आफ्नो मनका कुराहरू पोख्ने गरिन्छ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले समयका कुरा गर्दैछन् । लोक कल्याणका लागि “ऊँमणिपद्मेहूँ” भनी महामन्त्रको पाठ गर्दैछन् ।
हूँ मणिपद्मे भन्दछ लामा
रोगी बस्दछ एक थलामा
यौटा आउँछ, अर्को जान्छ
कुकुर भुक्दछ, बुढो खोक्छ ।
साहूलाई छली हिँड्छ रिनी
युवकहरूले ताक्छन् तरुनी
बालक बबुरो घोक्दछ बालक
आगोलाई भन्छन् पावक ।
यो त हिसाब किताबको कुरो हो । जहाँ लेनदेन गरिन्छ त्यहाँ मन चोखो नहुन पनि सक्छ । किनकि सबैको हृदयमा मैत्रीको बास् नहुन पनि सक्छ । त्यसैले आज वीरबहादुरको घरमा चामल सकेर होला पूर्णबहादुरको पसलमा चामल किन्न जाँदा पूर्णबहादुरले चामलको हिसाब किताब गर्दै छन् । आखीर व्यापारी न हो । हिसाब किताब विना व्यापार कहाँ चल्न सकिन्छ र ? त्यसैले पैसाको अभावमा वीर बहादुरले कहिले काहिँ उधारो मागेर जीवन गुजारा गर्दैछन् । यो कस्तो जीवन ? यो कस्तो चाला ? यहाँ के भैरहेको छ ? जहाँ टाङटाङ टुङटुङ भाङभाङ भुङभुङ भएर कता कता चालामाला बिग्रिरहेको छ । यसको जिम्मा कसले लिने हो ? को आएर चालामालालाई सपार्ने हो ? थाहा छैन, यहाँ किन यस्तै यस्तै हुने गरिन्छ । यो त अनादिदेखिको रीत होइन । विकृति र विसंगतिले लिएको रूप मात्र हो । त्यसैले भन्नेले भनिरहन्छ । सुन्नेले सुनिरहन्छ । हेर्नेले हेरिरहन्छ । यहाँ थुप्रै कुराहरू भए पनि चेतना कहिले आउने हो ? इच्छा र आकांक्षालाई केरमेर पारेर कहिले जगाउँछ त कहिले सुताउने गरिन्छ । आ–आफ्ना अनुभवहरू भित्र गरेका भूललाई जोडेर ती दिनहरू सम्झिँदै भित्र भित्रै अलिकता जोश खन्याएर यो मान्छेको जीवनमा बिधाताको बिधिले यस्तै यस्तै रच्दो रहेछ । किनहोला ? यो बिधिभित्र के भएको होला ? आखीर दुई दिनको लागि आएको न हो भोलि पक्कै पनि हामी–हामीसँगै नहुन सक्छ ।
चामल थप्दछ वीर बहादुर
गर्छ हिसाब पूर्ण बहादुर
चालामाला यस्तै यस्तै
टाङटाङ टुङटुङ भाङभाङ भुङभुङ ।
इच्छाहरू क्यै कोर्कार पारी
अनुभवहरू क्यै भूलले जोरी
भित्र अलिकता जोश खन्याई
रच्दछ मानिस बिधिले बाबै ।

आज भयानक आँधिबेरी चलेर होला नदीहरू उर्लन खोज्दैछन् । मेघ गर्जी बिजुली चम्केर होला भारी वर्षा हुँदैछन् । यो त मौसमको कुरो हो । प्रकृतिले काखापाखा नगरी आफ्नै बिधिले शासन चलाउने गरिन्छ । त्यसैले भनिन्छ यो संसारमा कसैले शासन चलाउन सकिदैन । जो आज छ भोलि नहुन पनि सक्छ । जो भोलि हुने छ त्यो पर्सी नहुन पनि सक्छ । यो त स्वाश्वत सत्य बनेर आनदिकालदेखि प्रलयकाल नहुनञ्जेलसम्म चलिहरन्छ । जहाँ जन्म छ । त्यहाँ मृत्यु पनि हुनुपर्छ । जहाँ हाँसो छ त्यहाँ रुवाई पनि देख्नु पर्छ । जहाँ खुशी छ त्यहाँ दुःख पनि हुनुपर्छ । जहाँ प्यासी छ त्यहाँ त्यागी पनि हुनुपर्छ । त्यसैले सबै कुराहरूको भोलि मृत्यु छ । यो त जिब्रोको स्वाद हो । खानेकुराहरू निलेपछि निशब्द भएर स्वादहरू हराउने छ । त्यसैले यो भवसागरभित्र कोही आउने छ । कोही जाने छ । यो आउने जाने क्रम हिजोदेखि भोलिसम्म निरन्तर चलिहरने छ । आज मात्र जिउँदो बनेर बाँकी सबै निदाउनमा व्यस्त छ ।
यो जीवन जन्म र मृत्यु दुई छेउ समाई आज वरवर आए पनि भोलि पक्कै पनि परपर भागी जानेछ । यसैलाई नै जीवन भन्दो रहेछ । यसैलाई नै मानव सृष्टिले पुकार्दो रहेछ । जे छ यो जीवनभित्र भोगेर यहाँ अनगिन्ती मान्छेहरू बसाई सरिसकेको छ । रोह मिलाउन जतिसुकै प्रयास गरे पनि किन हो कुन्नी यो रोह मिलाउन नसकेको दुनियाँमा असख्य मान्छेहरू हार खाएर रोएर गइसकेको छ । त्यसैले यो तह तह भएको दुनियाँमा पत्रे चट्टान जस्तो जहाँ के भैरहेको छ ? किन तह तह आपैm बन्दैछ ? थाहा छैन, अनौठो कुराहरू हामीहरूले देखिरहेका छौं । त्यसैले जन्म र मृत्युलाई निधारमा कोरेर हामी जन्मे पछि एक दिन मर्नु छ । जुन दिन हामी बाँचिरहेका हुन्छौं । त्यस दिन हामीहरू रोह मिलाउन नसकी रोई रोई चिच्याईरहेका हुन्छौं ।
आउँछ आँधी, उर्लन्छ नदी
गर्जन्छ मेघ, बर्सन्छ झरी
प्यासी जिब्रो मृत्यु निकाल्छ
तैपनि मानिस बाँकी बच्छ ।
जन्म मृत्यु दुई छेऊ समाई
वर वर आई पर पर भागी
मानिसले नै सृष्टि लम्थायो
रोह मिलाउन नसकी रोयो ।
यो मान्छेको जीवन अनौठो छ । कोही मर्न नजानेर जीउन खोज्छ ? कोही बाँच्न नजानेर मर्न खोज्छ । किनहोला, कतै तह–तह नमिलेर पो भएको हो की ? बुझ्न गाह्रो छ । यौटा जीवन बाँच्नका लागि मान्छे धेरै पटक मर्ने गरिन्छ । यौटा जीवन मरेर पनि मान्छेहरू धेरै बाँच्ने गरिन्छ । त्यसैले यो मर्नु र बाँच्नुको दोभानलाई हामीले कसरी जिउने हो भनी बुझ्न सक्नु नै वास्तबमा जीवन रहेछ । यो जीवनभित्र हाम्रै आफ्नै संस्कृति छ । इज्जत छ । तर यथार्थ भन्दा कहिले काहिँ संस्कृति र इज्जत पनि पर गएर बस्ने गरिन्छ । अलमल हुनेगरि यो जीवन नै रनभूल्लमा पर्ने गरि किनहोला, अलमलै अलमलमा यो दुनियाँ पनि किन बुझपचाई हिड्ने गर्छन् ? आपूmले थाहा पाई पाई किन थाहा नपाए जस्तो गरी बस्न खोज्छन् ? देखेर पनि नदेखे जस्तो, बुझेर पनि नबुझे जस्तो, यो कस्तो चाला हो ? जहाँ दुई दिनको जीवनमा पनि बुझपचाउन खोज्छ ? यो त अचाकली भो । खैं समयले सबैको आँखा खोज्ने दिन कहिले आउँला ?
मर्न नजानी मानिस ज्यूँछ
ज्यून नजानी मानिस मर्छ
कस्तो कस्तो के, के, के
तह नमिलेको दुनियाँ हे हे ।
संस्कृति भन्दछ, इज्जत भन्दछ
यथार्थताको पर गै बस्छ
अलमल भैकन, अलमल पारी
दुनियाँ हिँड्छन् बुझ पचाई ।

दुनियाँ आफ्नै जीवनलाई रनभूल्लमा पारी किन हिडिरहन्छ ? भेंडा–भेंडासँगै, बाख्रा–बाख्रासँगै किन छुट्टाई रहेछ ? बुद्ध, क्राइस्ट र गान्धी किन जन्मेको होला ? आलोकमा किन धूलो तैपनि उडिरहेछ ? यो त लेखाजोखा गर्ने कुरो हो । किनकि दुनियाँ कसैको लैलैमा हिड्नु हुँदैन । भेंडा र बाख्रालाई पनि समानता किन राख्न सक्दैन ? बुद्ध, क्राइस्ट र गान्धीको आलोकमा किन धूलो छर्न खोज्दैछ ? जसले दुनियाँलाई बदल्न खोज्नेहरूलाई दुनियाँले नै किन बुझ्न सक्दैन ? त्यसैले यो त अनिकालको समय हो । जहाँ जे पनि हुन सक्छ । कलियुगले छोएर होला धर्मलाई कुनामा फालेर आपूmलाई जे गर्दा उपयुक्त हुन्छ त्यसलाई नै धर्मको रूपमा व्याख्या गर्ने गरिन्छ । यो त पाप बढाउँने कुरो भो । खान नपाई पेट सुकाउने कुरो भो । मनमा नौ तह पाप बोकेर केवल भेष रङगाउने कुरो हो । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले मान्छेको गति र पतिको कुरो गर्दैछन् । धर्म र कर्मको कुरो गर्दैछन् । अनिकालमा पनि यौटा मान्छे भएर जन्मे पछि सहकालको लागि प्रयत्न गर्नु पर्ने कुराहरू खोल्दैछन् ।
दुनियाँ यसरी हिड्दछ बाबै
भेंडा जस्तै बाख्रा जस्तै
बुद्ध, क्राइस्ट र गान्धीहरूको
आलोकमहाँ धूलो छर्दै
कलियुग आयो पाप बढायो
खान नपाई पेट सुकायो
मनमा नौ तह पाप छ भित्र
बाहिर केवल भेष रङ्गायो ।
समय बित्नु इतिहास बन्नु हो । वर्तमान ढल्नु अतीतका पाना बढ्नु हो । त्यसैले यो दिन र रातमा मान्छेभित्र भए गरेका तरानाहरू बोकेर आज मान्छे–मान्छेभित्र मान्छेहरू खोज्दैछन् । दाना र मानाका लागि भौतारिन्दै मान्छे किन दानबको रूप लिन खोज्दैछन् ? यो त पीडाले नदीको किनार छिया छिया पारेको कुरो भो । आलो रगत पिएर काँचो मासु किन चपाउन खोज्दैछन् ? खानाका लागि मान्छे किन पटक पटक मर्न चाहन्छन् ? त्यसैले इतिहासभित्र मानव मात्र होइन् दानबको पनि कथा छ । लामो र छोटो फरक त्यति हो । यथार्थमा मान्छे भएर जन्मेपछि मान्छेको मुटुमा दानवको स्वभाव कसरी पलाउन खोज्छ ? अनौठो छ, यो संसारको रीत होइन । मान्छे भएर जन्मे पछि मान्छे भएर बाँच्न जान्नु पर्छ । होइन भने मान्छे भएर बाँच्नुको अर्थ के नै हुन सक्छ र ? त्यसैले इतिहास कोर्ने वर्तमानलाई हामीले राम्ररी चिनेर कसैको हाहा र हूहूमा दगुर्ने होइन । कसैको लागि आपूm बाँच्ने होइन । यो त मेरो जिन्दगी हो । मेरो जिन्दगीभित्र म आपैm कुसुम भैंm फक्रिनु पर्छ । होइन भने यो जीवन बाँच्नुको अर्थ के छ र ? होइन भने जिन्दगी बिताउनुको अर्थ के छ र ? नत्र माछा–माछा भ्यागुतो हुने छ । जता हे¥यो उता पहिरो गएर आपूm त्यसैमै नासिएर जाने छ । टाङटाङ टुङटुङ भाङभाङ भुङभुङ बनेर युगकवि सिद्धिचरण श्रेष्ठले भने जस्तै टाङटाङको मीठो आवाजभित्र टुङटुङको ध्वनीले समय बगेर जताततै भाङभाङ भएर लथालिङ्गले पानी भरिएको गाग्री पोखिने छ । भुङभुङमा सिमित भएर मान्छेको चोला बग्ने छ । त्यसैले यो शुभ र अशुभ भित्र हामी कसरी जिउने हो ? अजम्बरी होइन दुई दिनको लागि केहि गरेर मर्नु छ ।
इतिहास छोड्छ यही तराना
खोज्दै हिँड्दै दाना माना
मानिस कसरी राक्षस बन्छ
खान नपाई कसरी मर्छ ।
हाहा हूहू गर्दै दगु¥यो
माछा माछा केवल भ्यागुतो
टाङटाङ टुङटुङ भाङभाङ भुङभुङ ।
मान्छे त्यसै नबनिन्दो रहेछ । मान्छे बन्नका निम्ति अलिकता करुणा, मैत्री, त्याग, तपस्या, चेतना, आँशु, हाँसो र समर्पण पनि चाहिँदो रहेछ । तब मान्छे–मान्छे बनिन्दो रहेछ । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले टाङटाङ टुङटुङ भाङभाङ भुङभुङ कविता मार्पmत हामीहरूलाई अध्यारो भगाउन चेतनाको ज्योति बाल्नु पर्दछ भनी भाव व्यक्त गर्नु भएको देखिन्छ । वारी मात्र भएर पारी भएन भने पारी मात्र भएर वारी र पारीको अर्थ के हुन सक्छ र ? मनैदेखि तिम्रो हाँसो ,मनैदेखि तिम्रो खुशी हाँसेको भए साँच्चै हाँसोको भान हुन सक्छ नत्र त्यो हाँसो होइन मनको पीडा लुकाउने अभिनय हुनेछ । परिश्रममा बाँच्नु पर्ने हामीहरू अर्काको सम्पतिमा आँखा लगाउने हो भने परिश्रम त्यसै मरेर जाने छ । करुणा र मैत्रीको भावमा बाँच्नु पर्ने हामीहरू अर्काको रगत पिएर जिउन खोज्छ भने करुणा र मैत्री यो माटो मूनी बिलाएर जाने छ । त्यसैले खै के भन्नु, कहाँ के मिलिरहेको छैन । बुझ्दा बुझ्दै सन्ध्या हुन थाले पछि आखीर को आएर मिलाउने हो थाहा छैन ? यो त इतिहासको पाना बनेर आज गर्न नसकेका कुराहरूलाई सम्झेर भोलिले हामीलाई सराप्ने छ । हिसाब किताब जतिसुकै दुरुस्त राखे पनि मान्छेको मनमा शंका उब्जने छ । माछा–माछा भ्यागुतोमा यो जीवन कति दिन बिताउने हो ? त्यसैले फेरि एकचोटी बुद्ध, क्राइस्ट र गान्धीको जन्म भएर यो भवसागरमा भएका बेथितिहरूलाई मिलाई दिए हुन्थ्यो । मान्छेलाई मान्छे बनाएर सदाका लागि मर्न पाए हुन्थ्यो ।

प्रकासित मिति २०७९–४–३

फेसबुकबाट तपाईको प्रतिक्रिया