टेलिकमले ल्यायो चाडवाड बिशेष अफरै अफर

काठमाडौं १३ अशोज 
  चाडपर्वका लागि नेपाल टेलिकमले डेटा तथा भ्वाइस सेवामा छुटको अफर ल्यएको छ । टेलिकमले भ्वाइस, डेटा, नाइट डेटा अफर, एसएमएस लगायत अन्य सेवामा छुट सहितको अफर योजना ल्याएको हो।
के के मा कस्तो  छुट ?
१. डेटा अफर
 टेलिकमले जिएसएम तथा सिडिएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकलाई दशैं, तिहार तथा छठ सम्ममा डेटा अफर प्रदान गरी त्यसमा निःशुल्क भ्वाइस तथा एसएमएस समेत उपलब्ध गराउने व्यवस्था गरेको  छ।
असोज १५ देखि २९ गतेसम्म र कात्तिक १२ देखि २१ गतेसम्म टेलिकमले एकसय एमबीको डेटा ५० रुपैयाँमा र दुईसय ५० एमबीको डेटा एकसय रुपैयाँमा उपलब्ध गराउने जनाएको छ । एकसय एमबी डेटाको अवधि पाँच दिन र दुईसय ५० एमबी डाटेको अवधि १० दिनसम्म रहने छ ।
सो  अवधिमा डेटा प्रयोगकर्ताले क्रमशः १० मिनेट भ्वाइस कल गर्न तथा १० वटा एसएमएस पठाउन र २५ मिनेट भ्वाइस कल गर्न तथा २५ वटा एसएमएस पठाउन पनि सक्ने छन्।
२. नाइट डेटा अफर
जिएसएम तथा सिडिएमए दुवैमा नाइट डेटा अफर पनि उपलब्ध गराउने टेलिकमले जनाएको छ। राती १० बजे देखि बिहान ६ बजेसम्म ४० रुपैयाँमा पाँचसय एमबी र ८५ रुपैयाँमा १२ सय एमबी डेटा प्रयोग गर्न सकिने छ । डेटा भोल्युमको अवधि क्रमशः सात दिन र १५ दिन हुने र नाइट डेटा अफर असोज १५ देखि ३ महिना सम्म उपलब्ध गराउने टेलिकमले जनाएको छ।
३.भ्वाइस कलमा छुट
टेलिकमले जीएसएम तथा सीडीएमए सेवा मार्फत कम्पनीकै नेटवर्क भित्र हुने कलमा हाल लागु रहेको महसुल दरमा १० प्रतिशत छुट उपलब्ध गराइएको छ। प्रिपेड मोबाइलबाट प्रति मिनेट १ रुपैयाँ ३५ पैसा र पोष्टपेड मोबाइलबाट प्रति मिनेट ९० पैसामा कल गर्न सकिने छ।
४. एसएमएस अफर
हाल जिएसएम तथा सिडिएमए मोबाइल सेवामा प्रति एसएमएस शुल्क एक रुपैंया भएकोमा असोज २२ देखि २९ गतेसम्म र कात्तिक १४ देखि २१ गतेसम्म प्रत्येक एसएमएसमा ५० पैसामा उपलब्ध हुने जनाएको छ।
त्यस्तै टेलिकमले स्थानीय टेलिफोनमा थप एकसय कल निःशुल्क गरेको छ। कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवामा दुईसय रुपैयाँमा एकसय ७५ कल निःशुल्क उपलब्ध गराई आएकोमा असोजदेखि सोहि मूल्यमा एकसय लोकल कल उपलब्त्र गराउने भएको छ।
 त्यस्तै दशैं, तिहार तथा छठको समयमा भ्यालिडिटी सकिने भोल्यम बेस्ड तथा अनलिमिटेड एडिएसएलका ग्राहकहरुलाई समय थप गरिने जनाएको छ । वाइम्याक्स तथा फाइवर टु दि होम का ग्राहकको हकमा डेटा भोल्युम बाँकी भएको तर समयावधि सकिएको खण्डमा समय थप गरिने टेलिकमले जनाएको छ।

जस अनुसार दशैंको समयमा असोज २२ देखि असोज २८ सम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि असोज २९ गतेसम्म र तिहार तथा छठको समयमा कात्तिक १४ देखि कात्तिक २० गतेसम्म भ्यालिडिटी सकिने ग्राहकको अवधि कात्तिक २१ गतेसम्म थप गरिने छ ।


Share this Story

फेसबुकबाट तपाईको प्रतिक्रिया