टोरन्टो करातेमा नेपालकी यानकुमारीले जितिन् स्वर्ण पदक

काठमाडौँ ५  मंसिर

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले स्वर्ण पदक जितेकी छिन् ।

क्यानडास्थित टोरन्टो शहरमा भएको ५७ केजी तौल समूहको फाइनल खेलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्णपदक हात पारेकी हुन् । त्यसअघि बाइ पाउँदै यानकुमारी फाइनलमा प्रवेश गरेकी थिइन् ।

नेपालबाट भाग लिने अन्य दुई महिला खेलाडी भने पदक विहीन रहे । टोरन्टोस्थित भेराइटी भिलेज एथलेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पहिलो चरणमै पराजित भए ।

महिला ४९ केजीमा रेजिना (क्यानाडा) तथा ६२ केजी मुनि ज्ञानी (क्युवा)का खेलाडीसँग पराजित भएका हुन् । उक्त च्याम्पियनसिपमा करिब एक हजार १७५ खेलाडीले प्रतिस्पर्धा गरेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जानकारी दिएको छ । यानकुमारी निजगढकी चेली हुन्  ।

फेसबुकबाट तपाईको प्रतिक्रिया