‘ट्युबलाइट’ मा सलमान खानका साथ लुलिया !

एजेन्सी, मुम्बई २८ श्रावण
बलिउड अभिनेता सलमान खान र रोमानियाली अभिनेत्री लुलिया वन्तुरबीच प्रेम रहेको चर्चा छ। तर यी दुईले यसबारेमा केही नाबोलेपानी  लुलिया सलमानसँगै सधै जसो भेटिन्छिन्।
 सुपरहिट र अविवाहित पनि रहेका सलमानको कुनै युवतीसँग नाम जोडिनु अनौठो कुरा भने होइन तर लामो समयदेखि सँगै भेटिने कारण हल्ला सत्य नै भएको चर्चा  चल्न थालेको हो  ।
हाल यस्तो चर्चा बाहिरिएको छ कि लुलिया सलमानसँग फिल्म खेल्दैछिन्। ‘बजरंगी भाइजान’ निर्देशक कबिर खानको निर्देशनमा हाल सुटिङ भइरहेको फिल्म ‘ट्युबलाइट’ मा लुलिया पनि देख्न सकिने बताइएको छ। भारतको युवा र चीनकी युवतीबीचको प्रेम कथामा आधारित फिल्ममा लुलियाले केमियो रोल गर्ने सम्भावना रहेको बताइन्छ।
 हाल फिल्म लद्दाखमा सुटिङ भइरहेको छ र लुलिया पनि सलमानसँगै छिन्। उनले लद्दाखको प्राकिृतिक सौन्दर्य खिचेर डकुमेन्ट्री पनि बनाइरहेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया