ट्रम्पलाई ओबामाले दिए यस्तो सल्लाह

बिजनेसपाटी  ३० कात्तिक

 अमेरिकाका राष्ट्रपति बाराक ओबामाले ट्रम्पले चुनाव जीतेपछि सार्वजनिक रुपमा ट्रम्पबारे आफनो धारणा राखेका छन । ट्रम्पले आफ्नो व्यवहारमा परिवर्तन नल्याउनुमा उनलाई हरेक पक्षबाट असहयोग मिल्ने र यो उनको लागि राम्रो नुहने ओबामाले बताए ।

 

ओबामाले ट्रम्स प्रति आशा गर्दै भनेका छन्,‘डोनाल्ड ट्रम्पले चुनावी प्रचारको शैली र शासन प्रणालीको शैलीमा फरक सम्झनेछन् । चुनावी दौडका बेला दिएका अभिव्यक्तिहरुका कारण ट्रम्प विवादमा परे पनि शासनकालमा भने त्यस्तो गर्ने छैनन् ।’

ओबामाले भने,‘जनताले आफ्नो भोट दिइसकेका छन् र आफ्नो नेतृत्व पनि चुनिसकेका छन् । सरकार चलाउन टोली निर्माण गर्न र नीति बनाउन ट्रम्प अधिकार हो । मानिसहरु जो उनको जीतको पक्षमा उभिएका छन् उनीहरुले बुझ्नुपर्छ लोकतन्त्र यसरी नै चल्छ । यो व्यवस्था यसरी नै काम गर्छ ।’ ‘जब तपाई उम्मेदवार भएको बखतमा विवादित कुरा गर्नुहुन्छ, चुनाव जितिसकेपछि यसको असर त्यसबखत कम पर्छ । विश्वभरका मानिसहरुले यस पदमा बसेर गर्ने निर्णयलाई निकै महत्वका साथ हेर्ने गर्छन् ।

राष्ट्रिय सुरक्षाका लागि पनि ट्रम्प गम्भिर हुनुपर्छ । उनीमा एक स्तरको आवश्यकता छ ।’, उनले भने । ओबामाले चुनावी प्रचारका बखत ट्रम्प अमेरिकी राष्ट्रपति पदका लागि अयोग्य भएको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया