तिहारको टीका थाप्न भाइ परदेशबाट आएपछि… ( हर्नुस भिडियो )

बिजनेसपाटी

दसैं नसकिंदै कलाकारहरुले भाइटीकालाई लक्षित गर्दै संगीत सिर्जना थालेका छन् । एलिना खड्काले तिहार गीत भाइ टिका youtub मार्फत सार्वजनिक गरेकी छिन  । कलाकारहरु ऋषि खड्का, पूर्णकला बीसी र विष्णु न्यौपानको स्वरको ‘खाली निदारमा बस्नुपर्ने जहिले, टीका थाप्ने आ’छु दिदी परदेशबाट अहिले’ गीत सार्वजनिक भएको छ । गीतमा परदेशिएको भाइ भाइटीकाकै लागि गाउँ फर्केको कथा उल्लेख छ । प्रविन रेश्मीमगरको निर्देशन रहेको म्यूजिक भिडियोमा सुभम् थापा र अञ्जली अधिकारी मोडलको रुपमा देखिएका छन् । गीत शिवदर्शन डिजिटल प्रालिले बजारमा ल्याएको हो  ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया