थप ६७१ जनामा कोरोना पुष्टि

काठमाडौं ४, असार २०७७

नेपालमा थप ६७१ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमा ८० महिला र ५९१ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले  नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

संक्रमितमा भक्तपुर, डडलधुरा, कैलाली, कपिलबस्तु, काठमाडौं, नुवाकोट, रौतहट, रुपन्देही, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर र महोत्तरी, सिन्धुली, पर्वत, चितवन, धनुषा, बागलुङ, मनाङ, नवलपरासी पूर्व, स्यांजा लगायतका जिल्लाका रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कूल संक्रमितकाे संख्या ७,८४८ पुगेकाे छ । मृतककाे संख्या २२ पुगेकाे छ ।

यस्तै बिहीबारसम्म ११८६ जनाले कोरोना जितेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया