दरबारमार्ग ‘सामूहिक बलात्कार’मा नग्न भिडियो खिचिएको खुलासा

काठमाडौं,१९ माघ ।
दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ घटनामा पीडित युवतीलाई नग्न बनाएर भिडियो खिचिएको खुलासा भएको छ ।
प्राप्त घटनाको ‘मेडिकल रिपोर्ट’मा पीडित युवतीले आफूलाई नग्न बनाई भिडियोसमेत खिचिएको बयान दिएकी हुन् ।
मेडिकल रिपोर्ट तयार पार्ने क्रममा युवतीले दिएको उक्त बयानलाई बेवास्ता गर्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गले घटनालाई गुपचुपमा मिलाउने प्रयास गरेको हो ।

प्रेमी शैलेश कार्कीले खाजा खान भन्दै बोलाएपछि दिउँसो युवती उनलाई भेटन आएकी थिइन् । कुनै होटलमा म स् म र वाइन खाएपछि युवतीलाई निद्रा लागेजस्तो असहज भएको तथ्य रिपोर्टमा उल्लेख छ ।

युवतीका अनुसार त्यसपछि शैलेशले उनलाई करिब साढे नौ बजेतिर ल्यान्डमार्क होटलमा र्पुयाएका थिए । केहीबेरमा शैलेशका अन्य साथी कोठामा आएका थिए ।  आजको कान्तिपुरमा समाचार छापिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया