दरबार सिनेम्याक्सका हलहरुमा उल्फ एयर मास्क जडान

काठमाण्डौ ३,साउन २०७९  उल्फ एयर मास्क नेपाली बजारमा बिक्री वितरण सुरु भएको छोटो समयमा नै बजारमा उत्कृस्ट प्रतिक्रिया प्राप्त गरेको छ । यसै क्रममा गत शुक्रबार नेपाल कै ठुलो मानिएअको गुण सिनेमा अन्तर्गतको दरबार सिनेम्याक्सले आफ्नो सिनेमा हलहरुमा उल्फ एयर मास्क जडान गरियको छ। जसले सिनेमा हलका दर्शकहरुलाई कोरोना लगाएतका भाइरसहरुबाट सुरक्षा प्रदान हुने बताइएको छ। प्लानेट हेल्थ केयरका सहायक निर्देशक रोजन श्रेष्ठ र दरबार सिनेम्याक्सका कार्यकारी निर्देशक दिप्रश शाक्य बीच भएको सम्झौता अनुसार उल्फ एयर मास्क(१००० स्क्वायर फिटका ५ वटा डिभाइस उक्त सिनेमा हलमा लगाइएको छ ।

उक्त प्रडक्ट दरबार सिनेम्याक्समा जडान गर्नु अगाडी ७२ एयर क्वालिटी इन्डेक्स पियम २।५ स् २२ युजी प्रति मेट्रिक क्युब देखाइरहेको थियो भने जडान पश्चात १२ एयर क्वालिटी इन्डेक्स र पियम २।५स् ४ युजी प्रति मेट्रिक क्युब देखाएको थियो । जडान गरेको ४ देखि ५ घण्टा भित्र नै उक्त प्रडक्टले रिजल्ट देखाएको थियो । यो प्रडक्ट ७ देखि १० वर्षसम्म प्रयोग गर्न सकिनेछ भन्ने कुरा कम्पनीका सहायक निर्देशक रोजन श्रेष्ठले बताए। जर्मन टेक्नोलोजी प्रयोग गरेर ुअल अबाउट इनोभेसन्सु नामक संस्थाद्वारा भारतमा उत्पादन गरिएको मास्कबाट हावामा रहेको विकार, किटाणु तथा अशुद्धतालाई ९९।९ प्रतिशत नष्ट गरी सास फेर्न लायक हावा प्रवाह गर्ने उक्त उल्फ एयर मास्क पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरी बनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया