दास्रोे त्रैमासमा मुक्तिनाथको सन्तोषजनक प्रगती, खुद नाफा २६ करोड ४३ लाख

बिजनेसपाटी १० माघ ।
मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दास्रोे त्रैमासमा आशातित प्रगती गरेको छ । बैकले दोस्रो त्रैमासको वित्तीय विवरणमा निक्षेप र कर्जा प्रवाहमा उल्लेख्य सुधार गरेको छ भने निष्कृय कर्जा समेत घटाएर लगानीकर्तामा आशा जगाएको छ ।
दास्रोे त्रैमासमा बैंकले २६ करोड ४३ लाख खुद मुनाफा आर्जन गरेकोे छ । जुन अघिल्लो आर्थिक बर्षको यसै अवधिको नाफा भन्दा १८.४४ प्रतिशतले बढी हो ।
बैंकको खुद ब्याज आम्दानी २१.२७ प्रतिशतले र सञ्चालन मुनाफा २१.२२ प्रतिशतले बढेको छ जसले समग्र मुनाफालाई बृद्धि गरेको छ ।
हाल बैंकको चुक्ता पूँजी २ अर्ब ५९ करोड, जगेडा कोष ६४ करोड १४ लाख रहेको छ ।
बैंकले यस अवधिमा २१ अर्ब ७३ करोड निक्षेप संकलन गरी १९ अर्ब ३३ करोड कर्जा प्रवाह गरेको छ । गतबर्षको यसै अवधिको भन्दा यस बर्ष निक्षेप ४९.०८ प्रतिशत र कर्जा ४७.६६ प्रतिशतले बढेको छ । बैंकको कोषको लागत भने बढेर ५.६२ प्रतिशतबाट ८.३० प्रतिशत पुगेको छ ।
बैंकको निष्क्रिय कर्जा ०.०१ प्रतिशत, प्रतिसेयर आम्दानी २० रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.५९ गुणा, तरलता अनुपात २६.२२ प्रतिशत र प्रतिसेयर नेटवर्थ १२४ रहेको छ । चालु आर्थिक बर्षको दोश्रो त्रैमासमा बैकले गरेको यस किसिमको प्रगतीले शेयरधनी बर्गलाई आशा जगाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया