दूध बेचेरै करोडको आम्दानी

काठमाडौं १५ जेष्ठ ।

बाग्लुङ बिहुँका किसान दूध बिक्रि गरी मनग्य आम्दानी लिन थालेका छन् । बाग्लुङको काठे खोला गाउँपालिका–६ बिहुँका किसानले दूध बिक्री गरी वार्षिक एक करोड रुपैयाँ गाउँमा भित्र्रयाउन सफल भएका हुन् ।

यहाँका १३५ जना किसानहरु सङ्गठित भई नमुना दूध उत्पादक सहकारी संस्था लिमिटेड निर्माण गरी दूध बिक्रि गर्दै आएका छन् । व्यावसायिक रुपमा दूध उत्पादन र बिक्री गरेर वार्षिक एक करोड रुपैयाँ भन्दा बढी गाउँमा त्र्यिाउन सफल भएको नमुना दूध उत्पादक संस्थाका संस्थापक बालनन्द कँडेलले बताउनु भयो । उहाँले भन्नु भयो, ‘पहिला गाउँदेखि सदरमुकामसम्म डोकोमा बोकेर दूध बिक्रि गर्नुपथ्र्यो । अहिले गाउँमा नै सङ्कलन केन्द्र खोलेपछि उत्पादित दूध बिक्री गर्न निकै सहज भएको छ । ’ केन्द्रले दैनिक पाँच सय लिट्र दूध सङ्कलन गरी बिक्रीका लागि सदरमकाम बाग्लुङमा पठाउने समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया