“दोधारमा छु के गर्ने के गर्ने तिम्लाई पर्खी बस्ने की बिहे गर्ने”

बिजनेसपाटी २१ माघ

आफन्तले सम्झाउछन अराउछन
बिहे गर भनी घरमा कराछन ।
के गर्ने के गर्ने_
दोधारमा छु के गर्ने के गर्ने तिम्लाई पर्खी बस्ने की बिहे गर्ने ।

IMG_0403
प्रत्येक बर्ष लगनको महिना आउदा उमेर पुगेका छोरा छोरी भएको घरमा चलि रहने हाम्रो सस्कार हो । यही संस्कारबाट गर्जी रहेका युवा सुवतीलाई बाध्यता बनाई रहेको हुन्छ । युवतीहरूलाई आफुले मन पारेको युवकसँग भाग्ने की आँगन पोलेर बाउ आमाले दिएको केटोसँग घरजम बसाउने दोघार हुने समय हो लगनको महिना ।

लगनको महिनासँगै नेत्र अर्यालको शब्द तथा लय सृजनामा भोजराज घिमिरेको पन्चेबाजाको गीत “के गर्ने के गर्ने” नयाँ कोशेली शिब दर्शन फिल्मस् प्रा.लि. मार्फत साँगितिक बजारमा आएको छ । यस गीतमा चर्चित गायिका देबी घर्तीमगर र भोजराज घिमिरेको स्वर रहेको छ । के गर्ने के गर्ने पन्चे बाजाको गीतको म्युजिक भिडियोलाई गायत्री थापाले निर्देशन गरेकी छन । छायाँकन हरिश महरा र सम्पादन प्रबिन रेस्मीमगरको रहेको छ । साथै म्युजिक भिडियोमा करिश्मा ढकाल र नेत्र अर्यालले अभिनय गरेका छन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया