धनीहरू नै गरिबको सूचीमा, राजधानीमा घर भएका पनि अति गरिब

रुकुम–२३ श्रावण

जिल्लाका धनीहरूलाई नै  सरकारले गरिबको सूचीमा  राखेको छ । सबै स्थानीय तहले नामावली नसच्चिएसम्म परिचयपत्र नबाँड्ने बताएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट आएको नामावलीअनुसार सबैलाई परिचयपत्र वितरण गर्न नसकिने उनीहरूको भनाइ छ ।
सदरमुकामसमेत रहेको मुसीकोट नगरपालिका–४ का वडा सदस्य जगतबहादुर खड्का पनि अति गरिबको सूचीमा परेका छन् । उनले मन्त्रालयबाट सूची आएपछि आफूले थाहा पाएको र गरिबको परिचयपत्र नलिने बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया