धितोपत्र बोर्ड : निम्न कुराहरू छुटेछ्न नि !

नयन वास्तोला
धितोपत्रबोर्डको बत्र्तमान नेतृत्वले नेपालको पुँजिबजार सम्बन्धमा गरेको रिभोलुसन भनौ कि इभोलुसन भनौ जे भनेपनि धेरै अग्रगामी रुपमा काम गरेको छ । त्यसलाई आम लगानीकर्ताले सलाम नगरिरहन सक्दैनन् । हो, यो नेतृत्वले धेरै नीतिगत निर्णय देखि आधुनिकरण गर्नेसम्मका काम गर्ने सम्बन्धमा सुझबुझका साथ गरेको हुनुपर्छ । तर त्यति गर्दागर्दै पनि केही महत्त्वपूर्ण कुराहरु छुट्न गएको देखिन्छ । जुन निम्न अनुसार छन् ।
१ ) कुनै पनि कम्पनीको संचालक समितीले प्रस्ताव गरेको बोनस, राईट र डिभिडेन्टको बुक क्लोज भैसकेपछि सम्बन्धित कम्पनीको साधारणसभाबाट पारित गरेपछि मात्र बितरण गर्ने र उक्त बोनस राइट जे दिएको हो संम्बंधित ब्यक्तिलाई बितरण गर्न धेरै समय लगाई रहेका छन् । यो ब्यबस्थालाई पनि निश्चित समय तोकि जस्तै बुक क्लोज भैसके पछि १५ र २० दिन भित्र नेप्सेमा अनिवार्य लिस्टिङ गर्नुपर्ने बाध्यकारी नियम भएमा संम्बंधित कम्पनीहरु बाध्य हुने थिए । किन कि यस्तो कुरामा कम्पनीहरुले नै चलखेल गरि धितोपत्र बजारलाई अस्थिर बनाउने काम गरिराखेको देखिन्छ ।
२ ) कुनै पनि कम्पनीले घोषण गरेको राईट सेयर भर्न आस्वा लागु गरी ३५ दिने समयावधीलाई घटाउन सकेमा धेरै राम्रो हुने छ ।
३) प्राथमिक सेयरमा पुगेसम्म बराबरी बाड्ने नियमले साना तथा थोरै पँुजि भएका लगानीकर्ता खुसी ल्याएकै छ । तर न्युनतम र अधिकतम रकम तोकि त्यस्तो ब्यवस्थालाई सहजीकरण गरिदिएमा झन् आम लगानिकर्तालाई बुझ्न् सजिलो हुनेछ ।
४) आस्वा प्रणाली अनिवार्य लागू भएपछी लगानीकर्तामा एउटा कन्फुजन बढेको देखिन्छ । जस्तै कुनै ब्यक्तिको दुइटा बैंकखाता भएको अबस्थामा दुइटा बैंकबाट सेयर भर्न मिल्छ होला । अथवा दुइटा डिम्याट खाता खोलेर दुबै खाता प्रयोग गरी सेयर भर्ने गरेको पनि देखिन्छ । यदि यस्तो प्रयोग भएमा के हुने भन्ने प्रष्ट नभएकोले यस सम्बन्धि प्रष्टीकरण जरुरी देखिन्छ ।
५) डिम्याट खातालाई एक कम्पनीबाट अर्को कम्पनीमा सार्न स्पष्ट निति नभएकोले यस सम्बन्धि भएको दुबिधालाई जतिसक्दो छिटो निराकरण गर्न सकेमा डिम्याट सम्बन्धी बिश्वासनीयता बढ्नेछ ।
६) अनलाइन टे«डिङमा सेयरको कस्तो प्रक्रियाबाट किनबेच हुन्छ ? जस्तै एक दिन मै किनबेच हुने कि अहिले कै त्ं३ दिनमा हुने ? र, नेप्सेले भने अनुसार अर्को आर्थिक बर्षको पहिलो तीन महिना (आश्बिन ) सम्ममा प्रयोगमा आउँछ कि आउन्न ? अहिलेसम्म कति काम सकियो भनेर आम लगानीकर्तालाई जानकारी भएमा लगानिकर्ताको कौतुहलता मेटिने थियो ।
७) धितोपत्रबजारको दोश्रो बजारमा एक कित्ता सेयर पनि किनबेच भएको अबस्थामा आइपिओमा न्युनतम १० कित्ता सेयरलाई अनिवार्य नगरी सबै आबेदकलाई १ कित्तासम्म पुग्ने भए बराबरी, त्यतिले पनि नपुग्ने भए मात्र चिठ्ठा प्रणाली लागुहुने भएमा नेपालको पुँजिबजारमा धेरै भन्दा धेरै नेपालीको सहभागिता रहने छ भन्ने धितोपत्रबोर्ड समक्ष पंिक्तकारको सुझाव रहेको छ ।
(लेखक सेयर बजारका लगानीकर्ता हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया