नक्कली एटीएम कार्ड बनाएर पैसा झिक्ने पक्राउ, हृयाक गर्ने मेसिन बरामद

काठमाडौं ६ श्रावण

नक्कली एटीएम कार्ड बनाएर पैसा झिक्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट सर्भर हृयाक गर्ने मेसिन र पाँचवटा एटिएम कार्ड पनि बरामद भएको छ । पक्राउ पर्नेमा विराटनगर घर भएका कोषराज भट्टराई र दोलखा घर भएका लीलाबहादुर बाँण छन् । झन्डै नै महिनादेखि उनीहरुले पोखराका विभिन्न स्थानबाट नक्कली एटीएम कार्ड प्रयोग गरी पैसा झिक्दै आएका थिए । प्रहरीका अनुसार उनीहरुले अरुको खातको पैसा आफ्नो क्रेडिट कार्डमा सार्नेसमेत गर्दथे । सो अवधिमा उनीहरुले पाँच लाखभन्दा बढी रुपैयाँ ठगी गरेको पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक श्यामु अयालले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया