नयाँ शक्तिमा तीन सह संयोजक

काठमाडौं – नयाँ शक्ति नेपालले डा. बाबुराम भट्टराई पछि तीन नेतालाई सह संयोजक बनाएको छ ।

मधेसबाट रामचन्द झा, आदिवासी जनजातिबाट महेश कोर्मचा र दलित तथा महिलाबाट दुर्गा सोभलाई सह–संयोजक बनाइएको प्रवक्ता खिमलाल देवकोटाले बताए ।

केही दिनदेखि जारी नयाँ शक्तिको केन्द्रीय सचिवालयको बैठकमा संयोजक भट्टराईले संयोजकहरुको प्रस्ताव गरेका थिए । केही नेताको असन्तुष्टिबीच तीन नेतालाई सह संयोजक बनाइएको हो

 

फेसबुकबाट तपाईको प्रतिक्रिया