नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको रेस्क्यु टनेल ब्रेक थ्रु (तस्बिरहरु)

काठमाडौँ २२ साउन २०८०

नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिएको छ । निर्माण सुरु भएको झन्डै चार वर्षपछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रू’ गरिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, नेपालका लागि जापानी राजदूत, जापानी दातृ निकाय जाईकाका प्रमुख लगायतले संयुक्त रुपमा टनेलको ब्रेक थ्रु गरेका हुन् ।

टनेलको ब्रेक थ्रु गर्नुअघि नेपाली र जापानी पूजा विधिद्वारा पूजाअर्चना गरिएको थियो । सो टनेलको २०७६ कात्तिक ४ गते शिलान्यास भएको थियो ।

तस्बिरहरु

फेसबुकबाट तपाईको प्रतिक्रिया