निरन्तर घटिरहेको शेयर बजारको भविष्य के होला ?

बिजनेसपाटी १८ माघ
गत असारमा सेयर बजार परिसुचाङक नेप्से झण्डै १८८१ को सर्वाधिक उचाइमा पुगेकोमा हालको महिनाहरुमा निरन्तर आरालो लागिरहेको छ । सेयर बजारमा यतिवेला त्रास नै फैलिएको छ बजारको भविष्य के हुने भनेर । हिजो सोमबारको कारोबारमा ६५ अंकको भारी गिराओट सहित नेप्से १३०९ अंकमा ओर्लिएपछी लगानीकर्ताहरुमा ठुलो हलचल मच्चिएको देखिन्छ । १८८१ अंकमा पुगेको नेप्सेमा आखिर किन यो विध्न पहिरो गयो त ? यसरी सेयर बजार आम लागानीकर्ताले सोचेभन्दा बढी पहिरो जाँदा हिजोको उचाइ बनावटी त थिएन भन्ने कुरामा धेरैको आशंका हुन थालेको छ । शेयर बजारमा लामो अनुभव बटुलेका शेयर लगानीकर्ता एवं पछिल्लो समय विश्लेषकको रुपमा विभिन्न अनलाइन, टेलिभिजन तथा सामाजिक सञ्जालमा आफनो मत एकोहोरो ढंगले ओकल्दै आएका दुर्गाप्रसाद काफ्लेले भन्दै आएझै बजार १२०० अंककै ओरिपरि आइपुगेको देखिन्छ । यसरी बजार निकै ओरोलो लागेर १२०० अंकमै आइपुग्ने विश्लेषण गर्दै आएका काफ्ले बजार घटनुमा के के कारण देख्छन् त ?

: हेनुर्स काफ्ले  तर्क जस्ताको तस्तै ।

बैंकको निक्षेप व्याजदर इतिहासकै उच्च हुनु
१००० र ५०० को आइसी नोट साटिन नसक्नु
बैकको पुँजी अत्याधिक बढी हुनु
कमोज कम्पनीले पनि FPO निकाल्नु
मार्जिन लेन्डिङ्मा कडाइ हुँदै जानु
मार्जिन कल आउनु
देशको विकास खर्च नहुनु
ठूला वा चलाख खेलाडीले शेयर विक्री गरी, उदाशीन वस्नु
म्युच्युअल फण्डले पैसा होल्ड गर्नु
अनुत्पादक क्षेत्रमा कर्जा जानु ( एक महिनामा ५० हजार गाडी भित्रनु, आदि)
नेपाल राष्ट्र बैंक, सिवोन, नेप्से जस्ता  बजारलाइ प्रत्यक्ष प्रभाव पार्ने स्थानमा निकम्मा पदाधिकारी हुनु
लगानी कर्तासंघका पदाधिकारी उदासीन हुनु
लागनी कर्ताहरुमा बजार सधै बढ्छ भन्ने भ्रम फैलनु
आदि कारण हुन् 
त्यसैगरी बजारमा अब ब्लु चिप मानिएका कम्पनी जस्तै युनिलिभर, राष्ट्रिय विमा कम्पनी, नेपाल टेलिकम, आदिको मूल्य पनि घट्ने सम्भावना देखिन्छ ।
तरपनि नेपालको पुँजीबजार बलियो र दह्रो बनाउनका लागि कालोधन छानवीन गर्ने, दोषीलाई कार्वाही गर्ने, विओडीलाई कडा नीति ल्याएर सुचना चुहावटमा गर्नबाट रोक्न लगाउने, ब्रोकरलाई देशव्यापी बनाउन लाइसेन्स व्यापक दिने, अनलाइन टे«डिङको व्यवस्था गर्ने, राइट सेयर, एफपिओमा कडाइ गर्ने, क्लीयरीङ बैकिङको काम गर्ने गर्नुपर्दछ । यति मात्रै काम हुनसक्यो भनेपनि नेपालको पुँजीबजारले भविष्य सुरछित हुनसक्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया