नेदरल्याण्ड्ससँग नेपाल भिड्दै

विजनेशपाटी २९ श्रावण

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप क्रिकेटमा नेपालले आज दिउसो ४ बजे नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्याण्ड्स १० अंकका साथ शीर्ष स्थानमा रहेको छ भने नेपाल ४ अंकका साथ छैठौ स्थानमा छ।  घरेलु मैदानमा भएको खेलमा नेपाल नामिबियालाई २ खेलमा पराजित गरेको थियो।  स्कटल्याण्ड र पपुवा न्युगिनीसँग भने नेपाल ४ खेलमा पराजित भएको थियो।  नेदरल्याण्ड्स  बलियो टोली भएको कारण जीत हात पर्न निकै कठिनाई हुने ठानिएको छ । नेपालले विश्व क्रिकेट लिग डिभिजन दुईको खेलमा नेदरल्याण्ड्समाथि २  विकेटको जित हात पारेको थियो। नेपालले नेदरल्याण्ड्ससँग आफ्नो दोस्रो खेल भोलि खेल्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया