नेपालको १ सय २८ मुलुकसँग व्यापार घाटा

काठमाडौँ २२ श्रावण

आयात उच्च र निराशजनक निर्यातले गत आर्थिक बर्ष १ सय २८ मुलुकसँग ब्यापार घाटा भएको छ ।

भन्सार विभागका अनुसार १ सय ५५ मुलुकहरुसँग नेपालले आयात र निर्यात ब्यापार गरेको थियो । यसमध्ये साढे ८५ प्रतिशत मुलुकहरुबाट नेपालले निर्यातभन्दा बढी आयात गरेको छ ।

आयातभन्दा बढी निर्यात बढी भएका मुलुकहरु २८ मात्रै छन् । तर, त्यस्तो निर्यात रकम भने निकै सानो अकंमा छ ।
सबैभन्दा बढी आयात र व्यापार घाटा भारत र चीनसँगको हो ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया