नेपालमा लागु औषधको दुर्ब्यसनी बर्षेनी बढ्दै

बिजनेसपाटी २१ चैत्र ।
नेपालमा लागु औषध नियन्त्रणको सरकारी प्रयास सुरु भएको ‘लागु औषध ऐन २०३३’ आए देखि नै हो । त्यो भन्दा पहिला पनि यस्ता दुब्र्यसनी हटाउने प्रयास नभएका होइनन् । तर त्यति लामो अवधि देखि लागु औषधको नियन्त्रण प्रयास भएपनि यसको नियन्त्रण प्रभावकारी हुन सकेको छैन । तथ्याङ विभागले जारी गरेको २०७० को तथ्याङक अनुसार नेपालमा बार्षिक ११.३६ प्रतिशतले दुब्र्यसनी बढ्दो छ । यसरी लागु औषध दुब्र्यसनी बढ्नुमा जनसङख्याको बृद्धिदर, बढ्दो विकृति तथा विसंगती, विदेशीहरुको अनुकरण, बेरोजगारी लगायतका धेरै कारणहरु रहेको लागु औषध नियन्त्रण इकाइका कार्यक्रम अधिकृत खड्ग बहादुर श्रेष्ठले बताए ।
उसो त यस क्षेत्रमा काम गर्ने सरकारी निकाय गृह मन्त्रालयले उल्लेखनीय नियन्त्रण प्रयास गरेकै छ । तर सरकारको प्रयासबाट मात्र यस्तो दुब्र्यसनी अन्त्य हुन नसक्ने श्रेष्ठले बताए । श्रेष्ठका अनुसार हाल यस क्षेत्रमा २५० भन्दा बढी गैर–सरकारी संस्थाहरुले काम गरिरहेका छन् ।

कार्यक्रम अधिकृत : खड्ग बहादुर श्रेष्ठ, लागु औषध नियन्त्रण इकाइ

पछिल्ला बर्षहरुमा नेपालमा धेरै जसो जेल पर्नेहरुमा लागु औषध सेवन तथा ओसार प्रसारमा संलग्नहरु रहेको प्रहरी प्रशासनले जनाएको छ । खासगरी माफियाहरुले अनेकन तिकडमबाजी अपनाएर यस्तो पेशालाई निरन्तरता दिएको प्रहरीको बुझाइ छन् । खासगरी नेपालमा गाँजा, चरेस, ब्राउन सुगर लगायतको तस्करी बढी रहेको श्रेष्ठले बताए । श्रेष्ठका अनुसार तस्करहरुले लागु औषध दैनिक उपभोग्य बस्तुहरु देखि अन्य सामाग्रीहरुमा पनि लुकाएर ओसार प्रसार गर्ने गरेका छन् । सरकारी निकायले मात्र यस्तो दुब्र्यसनी नियन्त्रण गर्न नसक्ने कारण लागु औषधको नियन्त्रण सम्बन्धमा इकाइले प्रशिक्षण कार्यक्रम चलाउँदै आएको उनले बताए । मंगलवार पनि इकाइले ललितपुर कार्यक्षेत्र बनाएर काम गर्दै आएका गैससका प्रतिनिधहरुलाई प्रशिक्षण कार्यक्रम गरेको थियो ।

उल्लेख्य रुपमा सहभागिता रहेको कार्यक्रमको संमन्वय राष्ट्रिय युवा गैर सरकारी महासंघका केन्द्रिय महासचिव दिपक कार्कीले गरेका थिए । कार्कीले युवाहरु परिवर्तन र देश विकासका सम्बाहक भएकाले उनीहरुलाई लागु औषधको दुब्यसनीबाट टाढा राख्नुपर्ने बताए । उनले यसलाई अभियानकै रुपमा जिल्ला जिल्ला लैजानु पर्ने र स्कुल कलेजहरुमा समेत गएर प्रशिक्षण कार्यक्रमहरु चलाउनु पर्ने आवश्यकता रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया