नेप्लिज स्क्वाड इन्टरटेनमेन्टले “होली मेला २०१७” आयोजना गर्दै

अरुण गौतम
अस्ट्रेलिया २६ माघ

होली पर्वलाई मेलमिलाप, आपसी भाईचारा र सदभावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाइदै आइएको छ । साँस्कृतिक महत्व बोकेको यस पर्व  नजिँकिदै गर्दा अस्ट्रेलियाको सिड्नि स्थित रकडेलको बाईसेन्टिनियल पार्कमा आगामी मार्च १२ को दिन ‘नेप्लिज स्क्वाड ईन्टर्टेनमेन्टले गुठि अस्ट्रेलिया’को सहयोगमा “होली मेला २०१७” आयोजना गर्ने भएको छ।
आयोजक तथा नेप्लिज स्क्वाड ईन्टर्टेनमेन्टका डाईरेक्टर गगन बिडारी भन्छन्” हाम्रो यो मेला बिल्कुलै नेपाल झल्काउने खालको रहनेछ, मेलमिलापको पर्व भएकोले यो पर्वलाई हामी सिड्नि निवासीहरुलाई फेमिलि डेको रुपमा मनाएर पर्वलाई अझै भव्य बनाउन लागिपरेका छौँ”।
मेलाको आकर्षणहरुमा नेपाली खानाका बिविध परिकारहरु रहेका स्टलहरु, स्टेजमा लाईभ ब्यान्ड, डिजे, बालिकाहरुको लागि ५ वटा भन्दा बढी बिभिन्न खेल खेल्ने-खेलाउने खालका राईडहरु, फेस पेन्टिड, विबिध खेलहरुका साथै थुप्रै आकर्षणहरु हनेछन् । बिहान ११ बजेबाट सुरु भएर साँझ ६ बजे सकिने मेलाको ईन्ट्री फी भने फ्री गरिएको छ।
खर्च कटायर बाँकी रहेको २० प्रतिशत रकम गुठि अस्ट्रेलियाको ड्रिम प्रोजेक्ट अपर नुवाकोट स्थित बिध्यालय निर्माणमा छुट्टयाईने छ र केही रकम मुसहर बस्ति निर्माणको निम्ति धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने रहेको बताउँदै बिडारी थप्नुहुन्छ “यस्तो परोपकार र साँस्कृतिक महत्व झल्किएको यो मेलामा सिड्नि निवासी सबैलाई मेलामा सरिक भएर सभ्य र भव्य बनाउन आव्हवान गर्दछौ “।

फेसबुकबाट तपाईको प्रतिक्रिया