नेविसंघ महाधिवेशनस्थलमा कुटाकुट, पत्रकार समेत घाइते

काठमाडौं ३० श्रावण

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर विद्यार्गी समूहले फर्जी प्रतिनिधि सहभागी भएको भन्दै मनोनयन दर्तामा अवरोध गर्न खोजेपछि नेपाल विद्यार्थी संघको महाधिवेशनस्थल कांग्रेस पार्टी कार्यालयमा झडप भएको छ। सभापति  देउवा पक्षले फर्जी विद्यार्थी थपेको भन्दै रामचन्द्र पौडेल पक्षबाट सभापतिका उम्मेदवार मनोजमणि आचार्यको समूहले  महाधिवेशनस्थल बाहिर विरोध प्रदर्शन गरेपछि झडप भएको हो। महाधिवेशन निर्देशक समितिका संयोजक प्रकाशशरण महतले शनिबार ३ सय फर्जी मतदाता थपेको उनीहरुले आरोप लगाएका छन्।

आइतबार बेलुका ६ बजेसम्मको लागि महाधिवेशनमा मनोनयन दर्ताका  समय तोकिएको थियो। तर मनोजमणि आचार्य पक्षधर विद्यार्थीको समूहले भित्र प्रवेश गरेर अवरोध गर्न खोजेपछि रोक्दा झडप भएको जनाएको छ। झडपमा ५ जना विद्यार्थी र केही प्रहरी घाइते भएका छन्।झडपका क्रममा पत्रकार समित घाइते भएका छन्  । घाइतेहरुको सनिपको स्टार अस्पतालमा उपचार भइरहेको छ। झडपपछि आइतबारलाई निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको नेविसंघले जनाएको छ भने  मनोनयन दर्ताको समय सोमबार बिहान ८ देखि ११ बजेसम्मलाई तोकिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया