पार्किन्सन रोगीहरुलाई जनता बैकको ब्ययाम मेसिन सहयोग

बिजनेसपाटी १७ बैशाख ।

जनता बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाई ब्ययाम मेसिन हस्तान्तरण गरेको छ । पार्किन्सन रोगीहरुलाई परामर्श तथा उपचारमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको नेप्लीज पार्किन्सन डिजीज एसोशिएसनलाईं बिरामीहरुको ब्ययाम सुविधाको लागि उक्त मेशिन हस्तान्तरण गरिएको बेकले जनाएको छ । बैंकको सहायक महाप्रबन्धक तथा काठमाडौं क्षेत्रीय प्रमुख कल्याण पाँडेले एसोशिएसनका अध्यक्ष रत्न राजेश्वरी थापालाई उक्त मेशिन हस्तान्तरण गरेका हुन । मेशिन हस्तान्तरणको अवसरमा सस्थाका महासचिव मुनाल सुवेदीले पार्किन्सन रोगीहरु पनि समाजका अंग भएकोले उनिहरुलाई उचित परामर्श दिन सकेमा समाजको लागि कार्य गर्न सक्ने हुदा जनता बैंकको यस सहयोगले सामाजिक कार्यमा अझ हौसला मिलेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया