पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौं १७ पुस ।

नेपाल आयल निगमले बुधबारबाट लागू हुने गरी इन्धनको मूल्य बढाएको हो।

भारतीय आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार निगले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो। अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि आईओसीले पठाएको सूची अनुसार मूल्य बढेको निगमले जनाएको छ। अब पेट्रोल प्रतिलटर १११ पुगेको छ भने डिजेल र मट्टीतेल एक सय रुपैयाँ पुगेको छ।

यसअघि पेट्रोल १०९ रुपैयाँमा पाइन्थ्यो भने डिजेल र मट्टीतेल ९८ रुपैयाँ पथ्र्यो।

फेसबुकबाट तपाईको प्रतिक्रिया