पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको चौतर्फी प्रशंसा

काठमाडौँ २७ असार

एजेन्सी-आयोजक फ्रान्सलाई फाइनलमा हराएर युरो कप २०१६ को उपाधि जितेपछि पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोको चौतर्फी प्रशंसा भएको छ। आइतबार राति भएको फाइनलमा फ्रान्सलाई शून्यका विरुद्ध १ गोलले हराएर पोर्चुगलले पहिलोपटक युरो उपाधि उचालेको हो। पोर्चुगलले युरो उपाधि उचालेपछि यसैवर्ष  भारतमा भएको ट्वान्टी ट्वान्टी विश्वकपको उपाधि जितेको वेस्ट इन्डिजका खेलाडी क्रिस गेलले रोनाल्डो महान खेलाडी भएको बताएका छन्।

गेलले ट्वीटरमा  आफूले पहिले नै पोर्चुगलले उपाधि जित्ने अनुमान गरेको र त्यो अनुमान सत्य सावित भएको लेखेका छन्। आइतबार आयोजक फ्रान्ससँग भएको उपाधि भीडन्तमा घुँडामा चोट लागेपछि  रोनाल्डो पहिलो हाफ पुरा नहुँदै मैदानबाट बाहिरनु परेको थियो। उपाधि जितेपछि उनले देशका लागि आफूले कहिल्यै जित्न नसकेको उपाधि यसपटक दिलाएको बताए। ‘मैले क्लबका लागि सबैथोक दिलाएँ, तर देशका लागि दिलाउन सकेको थिइनँ’, उनले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया