प्रभु बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा नविल ईन्भेष्टमेन्ट

बिजनेसपाटी १२ मंसिर ।
प्रभु बैंकले रु. १,०००।– अंकित दरको ८ वर्षको भुक्तानी अवधिका लागि जारी गर्न लागेको “प्रभु बैंक डिबेञ्चर–२०८४” निष्काशन गर्नको लागि नविल ईन्भेष्टमेन्ट बैंकिङ्गलाई निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नियुक्ती गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा प्रभु बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल ईन्भेष्टेमेण्ट बैंकिङ्गका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।
प्रभु बैंकले वार्षिक १० प्रतिशतका दरले प्रत्येक तीन-तीन महिनामा ब्याज भुक्तानी हुने गरी रु. २ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८४” नामक ऋणपत्र सार्वजनिक निष्काशन गर्न लागेको छ । १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र ८० करोड बराबरको ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग निष्काशन तथा विक्री प्रबन्धकत्वमा निकट भविष्यमा निष्काशन हुन लागेको रु. २ अर्ब बराबरको “प्रभु बैंक डिबेञ्चर–२०८४” को ट्रष्टीको रुपमा पनि नबिल ईन्भेष्टमेण्ट बैंकिङ्गलाई नै नियुक्त गर्ने सम्बन्धी सम्झौता पनि हस्ताक्षर भएको छ । नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् “प्रभु बैंक डिबेञ्चर–२०८४” सार्वजनिक निष्काशन गरिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया