प्रभु लाइफद्धारा ५० लाख मृत्युदाबी भुक्तानी

काठमाण्डौ १८ माघ २०७७
प्रभु लाइफ इन्योरेन्सले ५० लाख बराबरको मृत्युदावी भुक्तानी प्रदान गरेको छ । महोत्तरी जिल्ला हतिसर्वाका सुरेश प्रसाद यादवले प्रभु लाइफ इन्स्योरेन्ससंग जीवन बीमा गरेकामा उनको मृत्युपछी बिमीतकी श्रीमती अनुराधा कुमारी यादवलाई जीवन बीमा मृत्यु दाबी बापत रु ५० लाख भुक्तानी गरेको हो । सोको व्यहोरा प्रभु लाइफ इन्योरेन्सले विज्ञप्ती मार्फत जनाएको छ ।
मृत्यु दाबी भुक्तानीका लागी अनुरोध भई आएकोमा आवश्यक सम्पूर्ण प्रकृया पुरा गरी २०७७ माघ १६ गतेका दिन काठमाडौं कमलादी स्थित कम्पनीको प्रधान कार्यालयमा दाबी भुक्तानी बापत रु ५० लाखको बैंक चेक निजकी श्रीमती अनुराधा कुमारी यादवलाई हस्तान्तरण गरिएको कम्पनी जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया