प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ, ६ चैत्र २०७८ ।प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा होटल रेडिसन काठमाडौंमा कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेज्यूको अध्यक्षतामा सम्पन्न भयो । मिति २०७४÷०८÷२८ देखि वीमा व्यवसाय कारोबार संचालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे लगायत संचालक सदस्यहरुमा श्री सुभाष अमात्य, श्री नरेश बहादुर मल्ल, श्री अपूर्व प्रसाद जोशी, श्री अनिल प्रसाद श्रेष्ठ र डा. बिमला दाहाल रेग्मी ,श्री मनिराम पोखरेल रहेका छन्।
चौथो वार्षिक साधारण सभाले समूह “क” संस्थापक समूहका शेयरधनीका तर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक श्री अनिल प्रसाद श्रेष्ठको नियुक्तिको अनुमोदन गरेको छ ।

साथै कम्पनीको नियमावली अनुसार समूह “ख” का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद (दुई) को निर्वाचन बाट श्री शंकर गौतम तथा श्री दिपक पाण्डेय निर्विरोध निर्वाचित भएका छन्।साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेज्यूले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६÷७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया