प्रहरीले साइबर ब्युरो बनाउँदै

काठमाडौँ १७ मंसिर

प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोको अवधारणा अघि सारेको छ। कान्तिपुर दैनिकमा समाचार छ । साइबर अपराधका घटना बृद्धि भएपछि प्रहरीले विशेष प्रकृतिको साइबर ब्युरोका लागि कार्ययोजना निर्माण थालेको हो। अहिले महानगरीय अपराध महाशाखा केन्द्रीय अनुसन्धान विभागले आ आफ्नै हिसावले साइबर अपराधका मुद्दामाथि अनुसन्धान गरिरहेका छन् ।

डिआइजी हेमन्त मल्लका अनुसार प्रहरीले यसको संरचनात्मक स्वरुपबारे छलफल चलाइसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया