प्रिमियर फुटसल लिगका कारण रोनाल्डिन्हो फेरि चर्चामा

काठमाडौँ ६ साउन

गोवा, एजेन्सी-दशकअघि ब्राजिलका प्लेमेकर रोनाल्डिन्होको आकर्षक खेलबाट मन्त्रमुग्ध नहुने सायदै कोही थिए होला!संसारकै सवैभन्दा सफल मानिने बार्सिलोना क्लबमा कुनै बेला आफ्नो एक्लौटी खेलबाट सवैलाई चकित तुल्याएका यी प्लेमेकर ५ बर्षदेखि गुमनाम झै थिए। तर, छिमेकी मुलुक भारतमा यसै बर्षदेखि सुरु भएको प्रिमियर फुटसल लिगका कारण रोनाल्डिन्हो फेरि चर्चामा छाएका छन्।

विश्व उत्कृष्ट खेलाडीबाट सम्मानित रोनाल्डिन्हो गत शुक्रबारदेखि भारतको गोवा शहरमा सुरू भएको फुटसलमा भाग लिन आएका हुन्। उनले बुधबार गोवाबाट खेल्ने क्रममा बेङ्ग्लुरूविरुद्ध ५ गोल हानेका थिए। ५ वर्षअघि इटालियन क्लब एसी मिलान छोडेपछि ३६ वर्षिय रोनाल्डिन्हो ब्राजिल र मेक्सिकोको स्थानीय क्लबमा सिमित बन्न पुगेका थिए।

फुटसल लिगमा भारतका ६ क्लब सहभागी छन्। जसमा गोवाबाट ब्राजिलकै अर्का पूर्व डिफेन्डर काफु, बेङ्ग्लुरूबाट इङ्ल्यान्डका पाउल स्कोल्स, कोचीबाट इटालीका मिचेल साल्गाडो, कोलकाताबाट अर्जेन्टिनाका हर्नान क्रेस्पो र मुम्बईबाट म्यानचेष्टर युनाइटेडका वेल्स मिडफिल्डर रायन गिग्स खेलिरहेका छन्। यो प्रिमियर लिगको ब्रान्ड एम्बेसेडर भारतीय क्रिकेटका स्टार विराट कोहली छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया