प्रियंका चोपडाको पञ्जाबी फिल्म रोकियो

काठमाडौं १६ मंसिर ।
भारतमा ५ सय तथा १ हजारका नोटहरुमाथि प्रतिबन्ध लागेपछि अभिनेत्री प्रियंका चोपडाको पञ्जाबी फिल्म ‘सरवन’ को रिलिज स्थगन भएको एबिपी न्युजले जनाएको छ ।
यो फिल्मको रिलिज डिसेम्बर ९ मा हुने यसअघि बताइएकोमा अब १३ जनवरीलाई तोकिएको छ ।
नगदको अभाव देशले झेलिरहेको समयमा फिल्मका निर्माताहरुको एक संयुक्त बैठकले सर्वसम्मत रूपमा फिल्म रिलीजको समयलाई एक महिना पछि सारिएको बताइएको छ । “अस्थायी रूपमा मानिसहरुले भोगेको आर्थिक समस्यालाई ध्यान दिँदै फिल्म १३ जनवरी मा रिलीज गर्ने निर्णय लिएका छौं,” प्रियंकाकी आमा मधु चोपडाले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया