बामदेवद्वारा ओलीको कडा आलोचना

काठमाडौं ३१ श्रावण

एमाले उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा छँदा आफूलाई बेवास्ता गरेको र सहमति कार्यान्वयन नगरेका कारण पार्टी सरकारबाट बाहिरिनुपरेको आरोप लगाएका छन् ।

पार्टीको आइतबार सुरु भएको स्थायी समिति बैठकमा बोल्दै गौतमले यस्तो आरोप लगाएका हुन् ।

‘वैशाखमा हामीले छलफल गरेर सरकार जोगायौं । त्यसपछि तपाईंले हामीलाई बालुवाटारमा बोलाएर केही सल्लाह लिनुभएन । मेरो आवश्यकता नै ठान्नूभएन । दुई पार्टीबीचको सहमति नेतामा नाममा थिएन, पार्टीका नाममा थियो,’ गौतमलाई उद्वृत गर्दै स्रोतले भन्यो ।

‘हामीले भनेको मानेको भए अध्यक्ष नेतृत्वको सरकार अझैं तीन महनिा पर जान्थ्यो र यही समीकरण कायम रहन्थ्यो’ गौतमले भनेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ

 

फेसबुकबाट तपाईको प्रतिक्रिया